धरान । सामुहिक रुपमा बलात्कारको अभियोग लागेका तर फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय धरानले प्रेस बिज्ञप्ति जारी गर्दै फरारमा रहेका अर्जुन विश्वकर्मालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ भएका विश्वकर्माले २०६१।८।२३ गते रातको समयमा जिल्ला सुनसरी भरौल गा.वि.स. वडा नं. ५ स्थितमा बस्ने जाहेरवालाको स–परिवार आफ्नो घरमा सुतिरहेको अवस्थामा ६।७ जनाको समुहमा कटुवा बन्दुक समेत देखाई बलात्कार गरेको जनाएको छ ।
जाहेरवालाकी श्रीमतीलाई भूईमा पाता फर्काई बाँधी लडाई जाहेरवालाको छोरी बर्ष १५ कि पिडितालाई सुतेको ठाउबाट उठाई वोल्न कराउन नदिई मुखमा पट्टी वाँधी घर वाहिर लगी जबरजस्ती करणी गरेको दाबि उल्लेख छ ।
अर्जुन विश्वकर्माको हकमा सर्वोच्च अदालतबाट मिति २०६७/०१/ २९ गते फैसला हुँदा ९ बर्ष ५ महिना १९ दिन कैद गर्नु भनि फैसला भएको जनाएको छ । फैसलापछि अर्जुन फरार रहेको भन्दै खोजतलास गर्ने क्रममा लुकिछिपी धरान एरियामा बस्ने गरेको सुराक पत्ता लगाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी धरान १२ स्थित २०८०/१०/२५ गते दिनको समयमा फेला परी पक्राउ गरिएको जनाएको छ । उनलाई तोकिएको कैद जरिवाना भुक्तानीको लागी सुनसरी जिल्ला अदालतमा पेश गरिएको पनि ईलाका प्रहरीले प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।
Discussion about this post