ठुलो परिमाणको लागु औषध गाँजा पक्राउ सहित भारतीय नागरिक सार्वजनिक

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । धरानले ठुलो परिमाणमा गाँजा सहितको लागु औषधि पक्राउ गरि त्यसमा संलग्न रहेका भारतीय नागरिक सहितलाई सार्वजनिक गरिएको छ ।

ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै लागु औषध सहित गाजा ओसारपसारमा संलग्न रहेका ब्यक्तिहरुलाई सार्वजनिक गरिएका हुन ।
प्रहरीले जारी गरिएको प्रेस बिज्ञप्ति अनुसार माघ २८ गते विहान ९ वजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगर वडा नं.१३ स्थित धरान धनकुटा सडक खण्डमा चल्ने सवारी साधनहरु चेक जाँच गर्ने क्रममा धनकुटावाट धरानतर्फ आउदै गरेको BR10AJ4486, BR10P9154 र MP17TA0512 नम्बरको भारतीय नम्बर प्लेटको गाडी रोकी गाडीमा सवार जम्मा १४ जना भारतिय नागरिकहरुको शरीर समेत खान तलासी गर्दा MP17TA0512 नं.को गाडीको सिट माथि फल्स बटम वनाई प्लाष्टिकमा प्याक गरी लुकाई राखेको अवस्थामा ९९ किलोग्राम लागु औषध गाँजा भेटिएको जनाएको छ । त्यसैगरी BR10P9154 नम्बरको गाडीको सिट माथी फल्स बटम वनाई प्लाष्टिकमा प्याक गरी लुकाई राखेको अवस्थामा ४१ किलोग्राम लागु औषध गाँजा र चालक भन्दा पछाडीको सिट मुनि प्लाष्टिकमा प्याक गरी लुकाई राखेको अवस्थामा ९ किलोग्राम लागु औषध गाँजा पक्राउ गरिएको जनाएको छ । १४ जना सहित समेत गरी जम्मा एक सय ४९ किलो ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तिनै वटा भारतिय गाडीहरुमा सवार तथा चालकहरुलाई लागु औषध मुद्धामा अदालतबाट दिन ७ दिनको म्यादथप गरि थप अनुसन्धान भई रहेको जनाएको ।

 

पक्राउ परेका ब्यक्तिहरुमा भारत विहार राज्य कटिहार जिल्ला महेशपुर ग्राम पञ्चायत वडा नं.४ वस्ने विलो साहको छोरा वर्ष २३ को सन्तोष कुमार साह, विहार राज्य भागलपुर जिल्ला खन्जनपुर ग्राम पञ्चायत वडा नं.२२ वस्ने वासुकिनाथ सिंहको छोरा वर्ष २१ को शिवम सिंह, भागलपुर जिल्ला लतरा ग्रामपञ्चायत वडा नं.९ वस्ने सुवास यादवको छोरा वर्ष २२ को सत्यम कुमार यादव, पुर्निया जिल्ला सिमरा ग्राम पञ्चायत वडा नं.६ वस्ने मनोज यादवको छोरा वर्ष २३ को अंकित कुमार यादव रहेका छन । त्यसैगरी विहार राज्य पुर्निया जिल्ला छारापट्टी ग्रामपञ्चायत वडा नं.१२ वस्ने मनोज जयसवालको छोरा वर्ष २० को राजा जयसवाल, भागलपुर जिल्ला गोपालपुर ग्रामपञ्चायत वस्ने हरेराम कुमार सिंहको छोरा वर्ष ३१ को मनोरञ्जन कुमार सिंह, पुर्निया जिल्ला सिमरा ग्रामपञ्चायत वडा नं.२ वस्ने बकु मण्डलको छोरा वर्ष २३ को संजय कुमार मण्डल, कटिहार जिल्ला कटिहार ग्राम वस्ने लडु यादवको छोरी वर्ष ३५ की रिङ्की देवी यादव, विहार राज्य वस्ने अविन यादवको छोरी वर्ष ३५ की रेखा देवी यादव, कटिहार जिल्ला नवावगञ्ज ग्राम वडा नं.१५ वस्ने किशनदेव मण्डलको छोरा बर्ष ३९ को गोपि मण्डल, कटिहार जिल्ला मुरातपुर ग्राम वडा नं.३ वस्ने आशु मण्डलको छोरा वर्ष २५ को दयानन्द मण्डल, कटिहार जिल्ला भदैया ग्राम वस्ने वैधनाथ मण्डलको छोरा वर्ष ३७ को राजेश मण्डल, कटिहार जिल्ला वस्ने सुरेश मण्डलको छोरी वर्ष ४० की पुनम देवी मण्डल, कटिहार वस्ने सावल यादवको छोरी वर्ष २४ की गुडिया देवी मण्डल रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित