भ्यालेन्टाईन डे मा बिजयको एकल साँझको धमाका

धरान । चर्चाको शिखर चुम्दै गएका धरानका गायक विजय वाम्वुले राईको भ्यालेन्टाईनको अवसरमा पहिलो एकल सांगीतिक साँझ हुने भएको छ ।

फागुन २ गते (फेव्रूअरी १४) भ्यालेन्टाइन डे को अवसर पारेर बिजय बाबुले एकल साँझ हुन लागेको कुरा बिजय बाबुलेले जानकारी दिए । एकल साँझ धरान १५ वगरकोटस्थित विजिएन लाउन्ज एण्ड बारमा लाइभ प्रस्तुती हुने बताए । धरान ११ निवासी गायक वाम्वुले लोक आधुनिक गीतमा पछिल्लो युवा गायनमा परिचित छन् । गायक बिजयले सांगेतिक यात्राको क्रममा हालसम्म ४० वटा लोक आधुनिक गीतहरु गाईसकेका छन । त्यसैगरी एक सय वटा बढि गीत कम्पोज गरिसकेका उनि बताउँछन् । त्यसैगरी दर्जन भन्दा बढी म्युजिक भिडियो समेत तयार गरि सकेको कुरा गायक बिजयले जानकारी दिए ।

पछिल्लो समयमा भ्यालेन्टाईन डे मनाउने प्रचलन नेपालमा बढ्दै गएको छ । सोहि अवसरमा उनले एकल साँझ हुनलागेको हो । भ्यालेन्टाइन डेको अवसरमा आयोजित एकल साँझमा बिजयले आफुले गाएका तथा संगीत भरेका गीतसंगै एक दर्जन बढी युगल कभर गीत गाएर दर्शकलाई मनोरंजन दिने जानकारी दिए । उनलाई स्वरमा साथ दिन गायिका ज्योति सुनुवार हुनेछ । कार्यक्रम साँझ ६ वजेदेखि सुरु हुने जानकारी दिए ।

गायक वाम्वुलेको स्वरमा रहेको गीतहरुमा किराती हामी… मेलिना राईले गाएको तिम्रै लाग्छ माया….. मिलन नेवारले गाएको यो मनको प्यारो मान्छे…… इन्डियन आइडलमा अहिले चर्चित भइरहेकी गायिका मेनुका पौडेलले स्वर दिएको हाम्रो हुन्न कहिले मिलन……लगायतका चर्चामा रहेका गीत उनका सफल गीत हुन । जुन यतिबेला चर्चाको शिखरमा पुग्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित