धरान । नेकपा माओवादी केन्द्र धरानले २९ औँ जनयुद्ध दिवसको अवसरमा रक्तदान तथा सहिद परिवारलाई सम्मान कार्यक्रम गरेको छ ।
मंगलबार धरानको लोकतान्त्रिक चौतारीमा गरिएको रक्तदान कार्यक्रममा सय पिण्ट बढि रगत संकलन भएको कुरा जनयुद्ध दिवस आयोजक समितिका संयोजक उद्धव लिम्बुले जानकारी दिए । रक्तदान कार्यक्रमसंगै सहिद परिवारलाई पनि सम्मान गरिएको छ । साँझ सहिदको नाममा दीप प्रज्वलन गरिने कार्यक्रम छ ।
माओवादी १० बर्से जनयुद्धमा धरानका २ बेपत्ता सहित शहीदहरू यज्ञराज कार्की, लीलाप्रसाद पराजुली, दिपबहादुर बन, पर्वतराज कोइराला, रामबहादुर रामदाम, समसि राई, मचिन्द्र लाबुङ, ईश्वर तामाङ, दिलीप राई, मोहन खनाल, सन्तोषकुमार लिम्बू, मानबहादुर लिम्बु र बेपत्ता योद्धा दीपक विश्वकर्मा, रणशमशेर राई रहेको पार्टीले जनाएको छ ।
रक्तदानको अवसरमा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बेघाले संविधानको हरेक धारा धारामा जनयुद्ध रहेको दाबि गरे । उपमेयर बेघाले जनयुद्धलाई कसैले मेटेर मेटाउन नसकिने बताए ।
Discussion about this post