सिह दरवारको ढोका ढकढकाउदै मेयर साङ्पाङ,खानेपानीको लागि ४ अर्व ११ लाख राष्ट्रिय योजना आयोगमा

धरान । आगामी आर्थिक वर्षको बजेट बन्ने क्रम भैरहँदा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिहदरवारको ढोका ढकढकाउन पुगेको छ ।

धरानको खानेपानी  समस्या खानेपानी नै भएको कारण सोहि समस्यालाई मुख्य कुरा मान्दै आइतबार मेयर साङ्पाङ काठमाडौ उडेको हो । काठमाडौमा विभिन्न मन्त्रालयमा धरानको विकासको चाङ मन्त्रीलाई बुझाएको मेयर साङ्पाङले बताए । खानेपानीको समस्यासंगै अन्य विकास निर्माणका लागि पनि मन्त्रीलाई मागपत्र पेश गरिएको छ ।

धरान मुख्य समस्या खानेपानीको मुद्दा लिएर मेयरमा बिजय भएका साङ्पाङले धरानको खानेपानीको समस्या समाधान गर्नको लागि भनेर बाराम्बार संघीय सरकारको ध्यानाकर्षण गराउदै आएको छ । त्यहि मागलाई मध्यनजर गर्दै खानेपानी मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई एउटा पत्र लेखिएको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगमा पठाएको पत्रमा बहुवर्षीय ठेक्का व्यवस्थापन गर्न स्रोत सहमतीको लागि राष्ट्रिय योजना आयोगमा ४ अर्व ११ लाख ११ हजार ५७० रुपैयाको कुरा उल्लेख छ । २०८० माघ २६ गतेको नेपाल सरकार (सचिवस्तर) को निर्णय अनुसार निर्णय भन्दै पठाएको पत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरबाट कार्यान्वयन हुने एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना तर्फको धरान खानेपानी आयोजना, सुनसरीको कुल लागत रु. ५ अर्व ७२ करोड ५६ लाख १० हजार ४ सय ५५ मध्ये नेपाल सरकारले व्यहोर्नुपर्ने रकम रु. ४ अर्व ११ लाख ११ हजार ५ सय ७० बरारबर रहेको उल्लेख छ ।

मेयर साङ्पाङले अन्य मन्त्री मन्त्रालयहरु शहरी विकास मन्त्री सिता गुरुङ,पर्यटन मन्त्री सुदन किराती अर्थ मन्त्री ,भौतिक पुर्वाधार मन्त्री,वन मन्त्री लगायतसंग भेट गरि धरानको बिकासको लागि पछिल्लोपटक ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित