१२ सय वर्ष पुरानो गुरु रिम्पोछेको लिला देखाउने

धरान । बौद्ध धर्म गुरु रिम्पोछे गुरु पद्म सम्भवको लिला नाच छाम नाच धरानमा देखाउने भएको छ ।

ङागुर ङिङमा ल्हागाङ गुम्बा धरान १५ मा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । गुरु रिम्पोछेले तत्कालीन अवस्थामा लगाएको बस्त्र जुत्ता सहित उस्ले देखाएको लिला छ्याम नाच देखाउने कुरा आयोजक गुम्बाले जानकारी दिए ।
दश करोड बज्रगुरु मन्त्र जप सहित छाम नाच तथा मन्जुश्री तत्व ज्योतिष शास्त्रको पुस्तक समेत विमोचन हुने कार्यक्रममा प्रदेश १ को मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा हुने भएको छ । फागुन १ गतेदेखि शुरु हुने कार्यक्रम गुम्बाबाट शान्ति र्‍यालि निकाली धरान नगर परिक्रमा गरिने बताए । त्यसैगरी २ गते परम पूज्यनिय आठौ ज्याल्सा ङिमा साङ्पो रिन्पोछेलाई स्वागत कार्यक्रम रहेको बताए । ३ गते देखि ०५ गते सम्म १० करोड बज्र गुरु जप शुरु हुनेछ । त्यसैगरी ०६ र ०७ गते गुरु छेन्गे छ्याम नृत्य तथा सास्कृतिक नृत्य शुरु हुने जानकारी दिए ।०८ गते टाप्चे बुद्ध धर्म सामुहिक प्रवेश,दाताहरुलाई सम्मान कार्यक्रम,आठौ ज्याल्सा रिन्पोछेबाट विशेष आयुको वङ अभिषेक कार्यक्रम रहने जानकारी दिए ।

यस गुम्बा २०५८ सालमा स्थापना भएको हो। ऐतिहासिक कालखाण्डदेखि यस गुम्बाले जमर्को गर्दै आएको आगमि मिति २०८० फाल्गुण महिनाको ६ गते स्थापना हुन गईरहेको गुरु रिन्पोछे नृत्य लिला (गुरु छेन्गे छ्याम) को वारेमा अवगत गराए ।

बौद्ध धर्मको इतिहासको कालखण्डमा सामान्यतया प्राचिनकालमा भगवान बुद्धले गुह्य तन्त्रको धर्मचक्र प्रवर्द्धन गर्नु हुदाँ शान्ति तथा क्रोध देवताको वस्त्रमा सजिएर यज्ञ गर्ने चलन थिए। ऐतिहासिक कालमा तिब्बत राज्यको भोटमा भने राजा ट्रिसोङ देउचेनको शासन कालमा भारतको वाटोबाट नेपाल हुदै गुरु पद्म संभब अर्थात गुरु रिन्पोछे तथा शान्त रक्षितालाई तिब्बत राज्यको भोटमा निमन्त्रणा गरि साम्य गुम्बा विहार निर्माण गर्दा सर्वप्रथम गुरु रिन्पोछेले प्रथम दोर्जे गिङताक नामक नृत्य प्रदर्शन नाचेर गर्नुभएको थियो । त्यस नृत्यलाई नै बौद्ध धर्मलम्बिहरुको ऐतिहासिक छ्याम (नृत्य) भनि बुझ्नुपर्दछ तथा मानिन्छ ।

नृत्य प्रदर्शन गरिने वखतमा सबैभन्दा पहिला लामाहरुको नृत्यलाई (बुब्सेल) ऐतिहासिक बाजा झ्यामटाको तालवाट संगित गरि स्व तालमा बिभिन्न थरि थरिका देवताहरुको रुपमा सजिएर लामाको छ्याम नृत्य प्रदर्शन गरिने गरिन्छ। लामाको नृत्यकला प्रदर्शनमा विशेष गरि शरीरको मुद्रा भन्दा हात र खुट्टाको मुद्रा वढि उपयोग हुन्छ । यो ऐतिहासिक सांस्कृतिक नृत्य, गुरु रिन्पोछेको जिवनीसँग जोडिएको (छयाम) लामा नृत्य हो । जुनबेला गुरु पद्म संभबबाट खोटाङ हलेसि, संखुवासभाको खम्पालुङ, फर्पिङ, मुस्ताङको मुक्तिनाथ, भारतको सिक्किम, हिमालयको छोपेमा र भूटानको समेत विशेष तिर्थमा साधना गर्नुभएको थियो । त्यस अवस्थामा साधना गर्दा गुरु रिन्पोछेको रुप र उहाँले लगाउनु भएको (वस्त्र) कपडा आजभन्दा १२०० वर्ष अगाडिको प्राचिन ऐतिहासिक (छ्याम) नृत्य यस धरान उपमाहानगरपलिका १५ नं वडामा रहेको डाग्युर ङिङमा ड्युडने ल्हाखाङ गुम्बाले वार्षिक कार्यक्रममा समावेश गरि यस बर्ष २०८० वाट स्थापना गर्ने निर्णय भएको छ। यो छ्याम नृत्य बौद्ध धर्मको इतिहासमा सबैभन्दा पुरानो लोकप्रिय लामा नृत्य हो। यो नृत्यलाई विश्वको गुम्बाहरुमा थोरै गुम्बाहरुले मात्र गर्न सक्छ र यो नेपाल (राज्य) को सन्दर्भमा पूर्वाञ्चलमा प्रथम स्थापना कार्यक्रमको रुपमा इतिहास रहने छ।

यो नृत्यले दर्शनाभिलाषिहरुको लागि विभीन्न प्रकारले आइपर्ने दशा ग्रहहरु शनि, उल्का, संकटा, दुनसुर, शिसे, राङकेग, देवदोश, प्रदोश, नामदोश, दैविक प्रकोप, सपना बिग्रने, अनादि वृद्धि, अति वृष्टि, जलबायु परिवर्तन जस्ता वातावरणिय प्रकृतिलाई मिलाउने कार्यमा अदृश्य शक्ति र सामनाको मार्ग दर्शन गर्दछ । राज्यमा, देशमा, समाजमा हुने अशान्ति, अराजक र भयाबह हुन जस्ता कार्यलाई निस्तेज गरि रोक्ने गर्दछ । साथै दर्शनाभिलाषि, भक्तजनहरुमा शुस्वास्थ्य, दिर्घायु र विश्व शान्ति पदमा समेत लाभ प्रणदायि हुने गर्दछ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित