पहिचानवादि संयुक्त संघर्ष समिति र प्रदेश सरकार बिच पाँच बुँदे सहमति

बिराटनगर । एमालेका हिक्मत कार्कि नेतृत्वको सरकारले प्रदेश १ नाम कोशी राखेपछि रक्तपात सहितको आन्दोलन भएको करिब एक वर्षपछि वार्ता भएको छ ।

हिक्मतको कार्किको सरकार ढलेपछि राजनीतिक अस्थिरता भैरहेकोबेला केदार कार्की नेतृत्वको सरकारले वार्ता टोलि गठन गरि माघ २५ र २६ गते वार्तामा बसेका थिए । सरकारी पक्ष र प्रदेश १ पुनः नामांकन संयुक्त समिति वार्तामा बसेका थिए । दुबै पक्ष वार्तामा बसेपछि तत्कालका लागि पाँच बुँदे सहमति भएको छ ।

सहमती पत्रमा दुबै पक्षका वार्ता टोलि सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन । सहमति भएका वार्ताका पाँच बुँदाहरु निम्न छन :
१. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने ।

२. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३. पहिचानको आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचारको व्यवस्थापन र शहिद परिवारलाई क्षतीपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रवन्ध गर्ने ।

४, आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्धा लागेका व्यक्तिहरुको मुद्धा फिर्ताको प्रकृया प्रदेश सरकारले अगाडी बढाउने ।

५. अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गते भन्दा अगाडी बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित