धरान । दोस्रो गोर्खा ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रमको आगामी चैत चैत ३ गते धरानमा हिने भएको छ ।
दोस्रो ट्रेल गोर्खाको कार्यक्रम बारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । विश्व शान्तीको लागि प्रथम, दोस्रो र विभिन्न युद्धहरुमा शहिद भएका बीर गोर्खालीहरुको सम्मान र सम्झनामा विविध कार्यहरु गर्नलाई ई. सं. २००६ मा हङकङमा गोर्खा सिमेट्रीज ट्रष्टको स्थापना भएको जनाए ।
नेपालमा ई. सं. २०१८ मा गोर्खा सिमेट्रीज ट्रष्ट नेपालको स्थापना भएको जानकारी दिए । अप्रील ५ लाई पुर्खा दिवस मान्दै आएका ट्रष्टले स्थापनाकाल देखि नै पुर्खा दिवसको अवसरमा पुर्खाहरुको संझनामा साहित्यिक गोष्ठि, सम्मान कार्यक्रम संगै २०२३ देखि भने धरानमा धरान उपमहानगर १८ नम्बर वडा कार्यलयको सहकार्यमा गोखां ट्रेल ब्लेजर रनको सुरुवात गरिएको जानकारी दिए । गोर्खा ट्रष्ट हङ्गकङ्गले समेत विविध कार्यक्रमहरुमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियागिता गराउदै आएको बताए ।
गतसाल गोर्खा ट्रेल ब्लेजर रन संगै तेह्रथुम निवासी १०२ वर्षका आर्मी न. १०९२१४० 10 GR का पूर्व ब्रिटिस आर्मी धनदलसिंह लिम्बु, धनकुटा जिल्ला निवासी १०१ वर्षका आर्मी न. १५९२१ 1st GR का पुर्व ब्रिटिस आर्मी माघवहादुर लिम्बु, ओखलढुङ्गा जिल्ला निवासी १०२ वर्षका आर्मी न. २११४१६४६ 10 GR का पुर्व ब्रिटिस आर्मी धनसिंह राई र झापा जिल्ला निवासी आर्मी न. २११४८७८६ क्याप्टेन भिसि रामबहादुर लिम्बुलाई सम्मान गरिएको थियो । सम्मान संगै ट्रष्टले धरान १८ स्थित रत्न चौक देखि धरान २० स्थित गोर्खा स्मृति पार्क सम्म ८.५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा करिव ४ सय जनाले सहभागिता जनाएको थियो ।
विगतमा झै यो वर्ष पनि रत्न चौक देखि गोर्खा स्मृिति पार्क सम्म ८.५ किलोमिटर दौड प्रतियोगिता र दोस्रो विश्व युद्ध लडेका जिवित योद्धाहरुलाई सम्मान कार्यक्रम रहेको जानकारी दिए। यस पटक झापा जिल्ला निवासी १०३ वर्षका आर्मी न. २११३७८२५ 1st GR का डम्वरध्वज लिम्वु, भोजपुर जिल्ला निवासी १०१ वर्षका आर्मी न. १०७०९८ १४/ 10 GR का इन्द्रवहादुर राई, तेह्रथुम निवासी वमवहादुर निलेखुङ लिम्बु र खोटाङ्ग जिल्ला जन्तेढुङ्गाका ९९ वर्षिय डम्वरसिंह सुप्तीहाङ्ग राईलाई सम्मान गर्ने कार्यक्रम रहेको बताए ।
यस वर्ष दौड प्रतियोगितामा करिव ५ सय जनाले सहभागिता जनाउने अपेक्षा छ । दौडमा सहभागिताका लागि सहभागिहरुलाई फर्म शुल्क ३ सय ५० रुपैया तोकिएको बताए । प्रतियोगिताका महिला पुरुष विजेता तथा उपविजेताले जनहि १५ हजार रुपैया, १० हजार र५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सहभागि सम्पुर्णलाई टिसर्ट, मेडल, प्रमाणपत्र र खाजाको व्यवस्था समेत गरिने बताए । प्रतियोगिताको अनुमानित बजेट ७ लाख रुपैया रहेने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रम आयोजना गर्दा लाग्ने खर्च प्रदेश सरकार, धरान उपमहानगरपालिका, विशेष सहयोगी धरान १८ न.बडा र अन्य वडा कार्यालय, संघ संस्थाहरु रहने बताए ।
Discussion about this post