केबुलकार परियोजनाले एक हजार पाँच सयसम्म घरपरिवार सुकुम्बासी हुने त्रास

ताप्लिजोङ । ताप्लिजोङ जिल्लाको मुकुम्लुङमा केबुलकार बनाउदा एक हजारदेखि एक हजार पाँच सय घरपरिवार सुकुम्बासी हुने सत्रास बाहिरिएको छ ।

विकासको नाममा पवित्र आस्था मुकुम्लुङ मास्न खोजेको आरोप लागिरहेकोबेला परियोजनाले आसपासका गाउँबस्ति बिस्थापित गराई सुकुम्बासी बनाउने कुरा खुलासा भएको छ । केबुलकार परियोजना सम्बन्धी फुङ्लिङ नगरपालिका नगर राजपत्र २०७५ यतिबेला बाहिरिएको छ । केबुलकार परियोजना सम्बन्धि फुङ्लिङ नगरपालिकाले २०७५ सालमा नै राजपत्रमा प्रकाशित गरिसकेको रहस्य खुलेको छ । फुङ्लिङ नगरपालिकाले ‘पाथिभरा दर्शन केबलकार प्रालि’लाई फुङ्लिङ नगरपालिका यात्रु रज्जुमार्ग संचालन अनुमति सम्बन्धि कार्यविधि २०७५ जारी भएको छ ।
कार्यविधि २०७५ को पेजमा नम्बर ७ मा केबुलकार निर्माण गर्दा त्यसले ओगट्ने क्षेत्रफल समेत कायम गरिएको पाइएको छ । जसको कारण त्यहाका बस्ती गाँउ उठिबास लगाउने र सुकुम्बासी बनाउछ भन्ने संत्रास फैलिएको छ । राजपत्रमा उल्लेख गरे अनुसार केबुलकारले ओगट्ने स्थानहरुमा पूर्वमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ को हर्कटे डाँडालाई भित्र पारी फुडलिङ्ग नगरपालिकाको वडा नं ११ फवाखोला सिम्बुसम्मको सम्पूर्ण क्षेत्र भनेर उल्लेख गरिएको छ । पश्चिममा फक्ताङलुङ्ग गाउँपालिकाको वडा नं ३ लिङखिम र वडा नं ४ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र निर्धारण गरिएको छ । उत्तरमा फक्ताङलुङ्ग गाउँपालिकाको वडा नं ४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र वडा नं ६ को सिमाना क्षेत्र भित्रको सम्पूर्ण क्षेत्रलाई निर्धारण गरिएको छ । दक्षिणमा फुडलिङ्ग नगरपालिकाको वडा नं १० को फुरुम्यु गडीडाँडा, वडा नं ९ को देउराली, वडा नं ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङ्गवरक गाउँपालिकाको वडा नं ३ को दुधिले पश्चिम फुङलिङ्ग नगरपालिकाको सिमानाको सम्पूर्ण क्षेत्र भन्दै चारकिल्ला निर्धारण भएको पाईएको छ ।

यस चारकिल्ला भित्र रहेका त्यहाँ आदिवासी भुमिपुत्र याक्थुङ्बा लिम्बुहरु उठिवास बनाउछ भन्न अर्को संत्रास छाएको छ । यस कुरालाई लिएर किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम याएक्तेनले सामाजिक संजालमा लेखेको छ । उनले लेखेका छन – `मुक्कुम्लुङ क्षेत्रका 1000-1500 घर परिवारलाई तथाकथित पाथिभरा बिकास र केबलकारले सुकुम्बासी बनाईसकेको अनुसन्धानले खुलासा गर्यो है ।´

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालले ‘पाथिभरा दर्शन केबलकार प्रालि’बाट निर्माण अनुमति लिएका थिए ।मागअनुसार वन मन्त्रालयले यस्तो प्रक्रिया अघि बढाएको थियो। पाथिभरा दर्शन केबलकार प्रालिले २०७९ चैत २७ गते केबलकार निर्माणको क्रममा त्यहाँ पर्ने वन क्षेत्रका रुख कटानका लागि यसअघिको निर्णय पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयमा निवेदन दिएको थियो। त्यसको दुई साता नबित्दै वन मन्त्रालयले यससम्बन्धी प्रक्रिया अघि बढायो।

२०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरसम्म केबलकार निर्माणका लागि कम्पनीलाई वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो। तर, त्यो निर्णयमा दुई वर्षसम्ममा केबलकार निर्माण नगरे दिइएको अनुमति स्वतः समाप्त हुनेसमेत उल्लेख थियो।

मुकुम्लुङलाई पाथिभरा नामाकरण गरेर सांस्कृतिक अतिक्रमण गरेको भन्दै निरन्तर आन्दोलनमा छन । पछिल्लो समयमा केबुलकार बनाउने भएपछि लिम्बु याक्थुङ समुदाय थप संघर्षमा उत्रिएका छन । मुकुङको नाम मात्र नभै हिन्दुको मुर्ति राखेको प्रति समेत बिरोध छ । याक्थुङको आस्थाको धरोहरलाई विकासको नाममा नामेट गर्न खोजेको स्थानीय सहित देश विदेशमा रहेका लिम्बु समुदाय आन्दोलित बनेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित