धरान । याक्खा समुदाय भित्र रहेको कोयोङ्बा थरको संस्था कोयोङ्बा याक्खा समाजको प्रथम अधिवेशन धरानमा सम्पन्न भएको छ ।
याक्खा छुम्मा केन्द्रिय समितिको भवन धरान १६ मा माघ १९ र २० गते सम्पन्न ऐतिहासिक अधिवेशनले कृष्णबहादुर कोयोङ्बाको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । इटहरी निवासी कृष्णबहादुर अध्यक्ष सहित उपाध्यक्षमा गीता कोयोङ्बा र राजेन्द्र कोयोङ्बा चुनिएका छन । महासचिवमा नरेन्द्र कोयोङ्बा सचिब ओमबहादुर कोयोङ्बा कोषाध्यक्ष राजकुमार कोयोङ्बालाई चुनिएको छ । सदस्यहरुमा रामकुमार,दलबहादुर,बालकुमार,डम्बरबहादुर,टंककुमार,लखनबहादुर,अमरसिंह,कमनसिं,कल्पना,एन्जल,शान्तिला,गोपिमाया कोयोङ्बा रहेका छन ।
ज्येष्ठ नागरिकबाट उद्घाटन गरिएको प्रथम अधिवेशनबाट सबैजना सर्वसम्मत रुपमा निर्वाचित भएको कुरा संस्थापक अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए । याक्खा समुदायमा ५ दर्जन बढि थर रहेका मध्ये कोयोङ्बा र लिङ्खाको संख्या बढि रहेका छन । हाल कोयोङ्बा करिब तीन सय घरपरिवार रहेको कुरा नव निर्वाचित महासचिव नरेन्द्र कोयोङ्बाले जानकारी दिए ।
उद्घाटन सत्रमा समाजको ऐतिहासिक अधिवेशनलाई शुभकामना मन्तव्य दिदै याक्खा छुम्माका केन्द्रिय सल्लाहकार तथा लाहुर्निपका क्षेत्रीय संयोजक गोपाल देवानले कोयोङ्बा थरगत संस्था भए पनि याक्खा छुम्मा जातिय संगठन रहेको बताए । कोयोङ्बा छुट्टै जाति हुन नहुने बताए । तर थरगतको संस्थाले याक्खा छुम्मा बलियो हुँदै जाने बताए । थरगत संस्था बन्न जायज भए पनि हामी छुट्टै जाति हौ याक्खा होइन भनेर जान नहुने बताए । यस अघि याक्खा समुदाय देवान छुट्टै जाति भएको दाबी गरिको भन्दै छुट्टै जाति हुनको लागि भाषा,संस्का संस्कृति भूगोल र इतिहास हुनुपर्ने बताए । तर देवानको छुट्टै भाषा समेत नभएकोले छुट्टै जाति हुननसक्ने दाबि गरे । देवानले पाल्सि भाषाको आधारमा छुट्टै जातिको दाबि गरेको बताए । देवान पगरी पाएकोमा खुशि भएको भन्दै तर छुट्टै जाति नभएको बताए । देवान आफैमा किरात शब्द नभएको र उर्दु शब्द रहेको भन्दै जसको अर्थ पैसाको हिसाब किताब राख्ने हुने बताए ।
गोपाल देवानले अहिले पहिचानको आन्दोलन भैरहेको भन्दै त्यसमा याक्खा समुदाय होमिनुपर्ने बताए । संविधानमा स्वायत्त क्षेत्र विशेष स्वायत्त क्षेत्रको अधिकार रहेको भन्दै छुम्माको केन्द्रिय समिति प्रदेश १ पहिचानको आन्दोलनमा होमिनुपर्ने बताए । याक्खा स्वायत्तको लागि याक्खा छुम्मा लागेको खण्डमा कानुनि लडाइँको लागि लाहुर्निप तयारी रहेको बताए ।
खुल्ला सत्रमा याक्खा छुम्मा धरान नगर अध्यक्ष हेन्सेन याक्खा केन्द्रिय सदस्य सोमा याक्खा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post