धरान । हर्क साङ्पाङ मेयर भएपछि समाज तथा परिवार सुधार गर्न भन्दै हरेक शुक्रवार लागु औषध सम्बन्धि सचेतना कार्यक्रम गरिरहेका छन ।
माघ १९ गते ८८ औ हप्तामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ विष्णु चोकमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । शुक्रवार मौलिक पोषाक समेत झल्काउने उदेश्यले पनि यो कार्यक्रम निरन्तर चलिरहेको छ ।
शुक्रवार पनि सँधा जस्तै लागु औषध सम्बन्धि गीत कविता प्रस्तुत गर्दै सेवान गर्न नहुने भन्ने कुरा स्थानीय स्तरमा जानकारी गराएका थिए । स्थानीय टोल विकास संस्था सहित स्वतन्त्र नागरिक समाज,सचेत धराने समुह,होप धरान लगायतको उपस्थिति रहेका थिए ।
मेयर हर्क साङ्पाङले शुक्रवारको सचेतना कार्यक्रम ८८ औ हप्ता भएको जानकारी दिए । धरान यस अघि अर्कै नामले चिनिए पनि अव मिलेर बस्ने श्रम गर्ने शहरको रुपमा चिनिसकेको बताए । वर्ल्ड बुक रेकर्डको कुरा उल्लेख गर्दै धरान विश्वमा परिचित भएको बताए । शुक्रवार सुधार बारको बिहिवार सफाई बार भन्दै शनिवार श्रमबार रहेकोले सबैलाई श्रमदानमा पानी ट्यांकि बनाउन आउन आह्वान गरे ।
Discussion about this post