केर्खामा प्रहरी इन्स्पेटर रामकाजी कटुवाललाई सम्मान सहित बिदाई

बसन्तराज सुब्बा
झापा । कमल गाउपालिकामा नौ महिना अघि सरुवा भइ आएका सई रामकाजी कटुवाल केर्खा प्रहरी चौकिका इन्चार्जका रुपमा थिए । यतिबेला भने रामकाजि कटुवाल प्रहरी निरीक्षकमा पदोन्नति भई दमक इलाका प्रहरी कार्यलयमा स्थन्तरण हुदै गर्दा उनलाई बिदाई गर्नेहरुको लर्को लागेका थिए ।

यहि माघ १७ गते बिहानदेखीनै दिनभर विभिन्न संघ-सस्थाहरुको भिड केर्खा चौकिमा रहेको थियो । चौकी क्षेत्रमै रहेको फाल्गुन्द टोलमा माघ १८ गते नरेनहाङ लिम्बुको सहजीकरणमा फाल्गुनन्द टोल बिकाश संस्थाकि अध्यक्ष सेलिना राईको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी बधाई तथा बिदाई कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको थियो । उक्त अवसरमा सम्मानित प्रहरी निरीक्षक (इन्स्पेक्ट)रामकाजी कटुवालका धर्मपत्नी साबित्रा कटुवाल पनि उपस्थिती रहेकि थिइन।

कार्यक्रममा इनिस्पेक्टर काजीलाई उपस्थितजनहरु बाट अबिरजात्रा संगै खादाहरुले सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष शेलिना राईको हस्त बाहुलीबाट प्रसंशा-पत्र प्रदान गरिएको थियो । फाल्गुन्द टोल बिकाश संस्थाले मायाको चिनो स्वरुप चादिको सिलाम साक्मा सामाजिक व्यक्तित्व अर्जुन मेन्याङ्बो हस्तबाट लगाई दिएका थिए।
कार्यक्रममा झापा जिल्ला प्याब्सनका अध्यक्ष गौरिमान फागो, आदिवाशी जनजाती महासंघ कमल गा.पा.अध्यक्ष बदी साम्पाङ राई , पुर्व अध्यक्ष छत्र हाङ फागो , सामाजिक ब्याक्तित्व मनकुमार थलङ, महिला समावेशी शसक्तिकरण केन्द्र की अध्यक्ष पुर्णिमा देवान, पुर्ब अध्यक्ष गौरा चापागाई सुनचादी व्यसायी बिद्या बिश्वकर्मा लगायत अन्य सामाजिक ब्यक्तित्वहरु र फाल्गुन्द टोल बिकासका सदस्यहरुको उपस्तिथि रहेका थिए।

बिरेन्द्र कु याक्थुङ्वाद्वारा सञ्चालित सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजु खड्काले गरेका थिए। अन्त्यमा सस्थाकी अध्यक्ष शेलिना राईलेले समापनमा नौ महिनासम्म केर्खा चौकीमा रहीरहँदा जनताको शान्ति सुरक्षामा इमान्दार पुर्वक खट्दै पछिलो समय हात्तीको आतंक भइरहदा रातदिन नभनी खटेका थिए भन्दै प्रसंसा गरे । स्थानीयबाशीहरुको मन जित्न सफल हुँदा यही केर्खा प्रहरी चौकीमा उनको इनिस्पेक्टर पदमा प्रमोशन भएकोमा सिंगो फाल्गुनन्द टोलबासीबाट धेरै धेरै बधाई सगै उहाको सफल कार्यकालको शुभकामना दिदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित