धरान । धरानमा स्थानीय चुनाबपछि मेयरमा निर्वाचित भएर आएका हर्क साङ्पाङले धरानको केन्द्रबिन्दु लोकतान्त्रिक चौतारी र बसपार्क परिसरमा नियमित ५८ हप्तामा सरसफाइ गरेको छ ।
स्वतन्त्र नागरिक समाजको अगुवाई बिहिवार साँझ बसपार्क लोकतान्त्रिक चौतारी र घण्टाघर परिसर सरसफाई भएको छ । आजको सरसफाइसंगै ५८ औं हप्ता पुगेको कुरा सरसफाइमा नियमित अभियानमा लागेका दानबहादुर बिश्वकर्माले जानकारी दिए ।
गत हप्ता बसपार्क परिसरमा गुट्खा लगायत फोहोर गरेको भन्दै सचेत गराएको थियो । आज भने नजिकको पसलले बोरा र डस्टबिनमा फोहोर संकलन गरि राखेको भन्दै आज सुध्रिको अभियन्ताहरुले बताए ।
आजै मात्र हरेक हप्ताको विहिबारलाई सफाईबारको रुपमा लिँदै वडा नम्बर १७ को रेल्वेदेखि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान गेट अगाडिसम्म सरसफाइ गरेका थिए । सोहि क्रममा सिमिचोकको पुर्वपट्टिको ड्रेनमा ठुलो मात्रामा फोहोरको डंगुर फालिएको भेटिए । क्यामप गेट नजिक रहेको पसल तथा सिमिचोकमा रहेको ठुला ठुला घरवाले समेत ड्रेनमा फोहोर फाल्ने गरेको स्थानीय कुमारी परियारले मनकुमारी लिम्बुले बताए । रेल्वे चोकमा कुखुरा काट्ने व्यावसायीहरुले पनि कुखुराको भुत्ला ड्रेनमा फाल्दा कराएपछि फाल्न बन्द भएको बताए ।
सिमिचोकका स्थानीयले आजसम्म पाँच वर्षको अवधिमा चारपटक मात्र नगरपालिकाको फोहोरको गाडि आएको बताए । फोहोर जम्मा गर्दा पनि लिन न आउदा अन्य ब्यक्तिलाई कोक समेत दिएर फोहोर फाल्न दिएको बताए ।
आजको सरसफाइ कार्यक्रममा धरान १७ का ६९ वर्षे ज्येष्ठ नागरिक भोज बिक्रम थुलुङ राई पनि सहभागी भएका थिए । उनले बिहान सामाजिक संजालमा सरसफाइ गरिदै गरेको देखेपछि सहभागी भएको बताए ।
https://youtu.be/gBB6pUztktQ?si=ufkkqKEaPxZCuml8
Discussion about this post