ताप्लिजोङ । एकात्मक राज्यसत्ता नश्लबादिले मुकुम्लुङ मासेर केबुलकार बनाउन लागेको भन्दै ताप्लिजोङमा व्यापक जनप्रदर्शन गरिरहेका छन ।
मुकुम्लुङलाई यस अघि पाथिभरा नामाकरणसंगै सांस्कृतिक अतिक्रमण गरिएको सरोकारवालाले आरोप लगाएको छ । हाल मुकुम्लुङ क्षेत्रमा केबुलकारको परियोजना ल्याएर वन फडानीसंगै व्यापक प्राकृतिक विध्वंस मच्चाउन खोजेको भन्दै जनप्रदर्शनमा उत्रिएको सरोकारवाला लिम्बु याक्थुङ समुदाय र उस्का संस्थाहरुले निरन्तर विरोध जनाएको छ ।
लिम्बु याक्थुङको आस्थालाई विकासको नाममा विनास गर्न खोजेको भन्दै केबुलकार आवस्यक नभएको सरोकारवालाको दाबि छ । प्राईभेट कम्पनीले नाफाको लागि केबुलकार बनाउन खोजेको भन्दै मुकुम्लुङ आस्थाको धरोहर भएकोले त्यहाँ हिन्दुको मुर्ति राखेर अर्को सांस्कृतिक अतिक्रमण गरेको दाबि छ ।
केबुलकार बनाउने नबनाउने भन्ने विषय सम्बन्धित सरोकारवाला स्थानियलाई कुनै पनि जानकारी नदिइ हचुवाको भरमा जबर्जस्ति लाद्न खोजिएको जनाएको छ । केबुलकार बनाउने विषय स्थानीय सरकार फक्ताकलुङ गाउँपालिकालाई समेत हालसम्म जानकारी नभएको जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले समेत ताप्लिजोङ जिल्ला प्रशासन कार्यालयमा यस विषयमा ज्ञापनपत्र बुझाएका छन । यो कुराले पनि सिमित ब्यक्तिले आफ्नो लाभको लागि मात्र केबुलकार विकासको नाममा लाद्न खोजिएको बुझिन्छ ।
Discussion about this post