रोज गार्डनको आयव्यय सार्वजनिक (भिडियो सहित)

https://youtu.be/69X9tWdwMUQ?si=H5cgxiuZ2fdRedzs

 

धरान । स्वतन्त्र दिदिबहिनीहरुले निर्माण गर्दै गरेको रोज गार्डनको माघ १३ गतेसम्मको हिसाबकिताब सार्वजनिक गरेको छ ।

आइतबार रोज गार्डन निर्माणस्थल श्रम संस्कृति पार्क परिसरमा भव्य रुपमा कार्यक्रम सहित आयव्यय सार्वजनिक गरिएका थिए । सार्वजनिक गरिएको आयव्यय अनुसार २४ लाख २५ हजार ३८१ रुपैया सहयोग सहिद आर्थिक संकलन भएको उल्लेख छ ।

उपरोक्त संकलित सहयोग मध्ये १८ लाख ९६ हजार ९३५ निर्माणकार्यको लागि स्वदेश तथा विदेशबाट उपलब्ध भएको जानकारी दिए । त्यसैगरी आर्थिक दाताले नै खाजाको लागि भनेरै १ लाख १६ हजार ४२० प्राप्त भएको उल्लेख छ । त्यसैगरी स्वतन्त्र महिला दिदिबहिनी ११३ जनाबाट एक हजार अनिवार्य सहित स्वैच्छिक रुपमा सहित दिदिबहिनी प्रतिमा निर्माणका लागि ४ लाख १२ हजार २६ रुपैया संकलन भएको जनाएको छ ।

त्यसैगरी व्ययतर्फ निर्माण कार्यका लागि १५ लाख ४७ हजार १९ रुपैया खर्च भएको जनाएको छ । त्यसैगरी खाजाको लागि प्राप्त भएको सहयोगबाट ६२ हजार ५९३ रुपैया खर्च गरेको देखाएको छ । सबैभन्दा बढि खर्च रोज गार्डनको केन्द्रमा रहेको पानीको फोहोरा निर्माणका लागि गएको कुरा तुलसा याक्खाले जानकारी दिए ।

प्राप्त आर्थिक सहयोग संकलन २४ लाख २५ हजार ३८१ रुपैया मध्ये १७ लाख ५९ हजार ६१२ रुपैया खर्च भएको देखाएको छ ।

श्रम संस्कृति पार्क परिसरमा एसडिएस रक गार्डन्,एसएनएस गार्डनपछि स्वतन्त्र महिला दिदिबहिनीहरुले रोज गार्डन् निर्माण गरिरहेको छ । आगामी भ्यालेन्टाईन डे को अवसर पारेर उद्घाटनको अन्तिम तयारी सहित द्रुत गतिमा निर्माण कार्य भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित