बसन्त राज सुब्बा
झापा । झापा जिल्ला कमल गाउँपालिका वार्ड ३ स्थित केर्खामा एक हफ्ते माइनुट लेखन तथा उद्घोषण तलिम उद्घाटन भएको छ ।
झापा समावेसी महिला शसक्तिकरण केन्द्रद्वारा आयोजित तथा वडा स्तरिय सिलिङ बजेट्बाट सञ्चालित कार्यक्रम आइतबार उद्घाटन भएको हो ।कमल वार्ड नम्बर ३ मा ९ वटा टोल विकास सस्था रहेका छन भने प्रत्येक टोल बाट २ / २ जना सहित २० जना सहभागी रहेका छन ।
सो तालिम कमल गाउँपालिका प्रमुख हुकुम सिंह राईले व्यानर पढेर उद्घाटन गरिएको थियो ।कार्यक्रममा प्रमुख अथिती हुकुम सिंह राईले समाज रुपान्तरण र बिकाशका लागि महिलाहरु जागुरुक हुन र पुरुष सरह भएर बिकास निर्माण कार्यमा जबसम्म अगाडि आउँदैन तबसम्म समाज बिकाश हुन नसक्ने बताए । महिलाहरु सक्षम नेतृत्वका लागि अहिले भईरहेको हफ्तादिने नै भए पनी माइनेट लेखन तथा उदघोषण तालिम कार्यक्रमले दिदी बैहिनीहरुमा थप नेतृत्व बिकासमा सकारात्मक भुमिका रहने विश्वास गरे । अध्यक्ष राईले यस्ता कार्यक्रमहरुमा कमल गाउँपालिका साथदिदै जाने प्रतिबद्धता जाहेर गर्दै सबैलाई कार्यक्रम सफलताको शुभकामना दिए।
त्यस्तै अथिती संस्थाकी पुर्ब अध्यक्ष लक्ष्मी ल न्यौपाने/अधिकारीले संस्था र कार्यक्रम बारे प्रष्ट पारेकी थिइन । अथितिहरुमा क्रमश: कमल वडा न.३ जनप्रतिनिधि केशरा बर्देवा, केर्खा प्रहरी इन्चार्ज रामकाजी कटुवाल, कमल गाउँ वाणिज्य संघका अध्यक्ष बिरेन्द्र अधिकारी, अग्रज समाजसेवी शान्ता मुख्या, बिरेन्द्र कुमार याक्थुम्बा, फाल्गुनन्द टोल बिकाश संस्थाकी अध्यक्ष सेलिना राई, शान्ती संगम टोल बिकाश संस्थाका अध्यक्ष ज्ञानसिंह राई, समावेशी टोल अध्यक्ष मुक्तिनाथ काफ्ले, समावेशी महिला शसक्तिकेन्द्रकी निवर्तमान अध्यक्ष सृजना पौडेल,उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उपस्थिति रहेका थिए।
कार्यक्रम प्रशिक्षक गोविन्दराज कटेलले उपस्थितिहरु माझ तालिम बारे संक्षेपमा अभिमुखिकरण गराउदै माइनुट तथा उदघोषण कार्यक्रम संचालन गरेका थिए।
संस्थाकी सचिव नविना निरौलाद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी वरिष्ठ उपाध्यक्ष मेनुकादेवी आचर्यले गरेकी थिइन । अन्तयमा सभाध्यक्ष पुर्णिामा देवानले उपस्थित सबैलाई धन्यवाद दिदै सहयोगी सबैप्रती आभार प्रकट गर्दै उद्घाटन कार्यक्रमको औपचारिक समापन गरेकी थिइन।
Discussion about this post