याक्थुङ चलचित्रकर्मी संघको वनभोज र साधारण सभा सम्पन्न पवित्र चुने सह कोषाध्यक्ष

धरान । याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय कार्यसमितीको वार्षिक साधारण सभा सम्पन्नसंगै रिक्त रहेको सह कोषाध्यक्ष पदमा नायिका पवित्र तेम्बे लिम्बुलाई चयन गरिएको छ ।
शनिबार धरान – ५ स्थित टिकटक रिसोर्टमा हाङ बुद्धिकर्ण खेवाङ लिम्बु राय वनभोज कार्यक्रम तथा साधारण सभा कार्यक्रमको आयोजना गरी संघको साधारण सभा पनि औपचारिक रुपमा सम्पन्न गरिएको हो । संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङवो को अध्यक्षता तथा कलाकार,निर्देशक प्रेम सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सभामा कोषाध्यक्ष तेज मेन्याङवोले आर्थिक प्रतिबेदन पेश गरे भने सचिव उदय कुरुङ्बाङले संस्थाले गरेको वार्षिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । गत असारमा भएको संघको महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशन असारमा सम्पन्न भएपनी कोषाध्यक्षले भने श्रावण देखी आर्थिक बर्ष लाग्ने भएकोले श्रावण देखी यता को आय व्याय प्रस्तुत गरेका थिए । यसैगरी सचिव कुरुम्बाङले संस्थाले गरेका गतिविधीहरु प्रस्तुत गरे । संघले धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान र मानपदवी प्रदान गरेको थियो । जस अन्तर्गत लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन ,लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको सचिव कुरुम्बाङले प्रस्तुत गरेको वार्षिक कार्यक्रममा उल्लेख थियो ।

संस्थाकै आयोजनामा बलिहाङ तङ्नामको अवसरमा लारिङ्गे नाम्लिङ्गे थिम्बे – २०८० (देउसी- भैलो कार्यक्रम) सम्पन्न भएको थियो । यसैगरी संस्थाले संस्थाका सदस्यहरुको बिहे कार्जे , मरी मराउ मा गएर भेटघाट तथा सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । वनभोज कार्यक्रममा पनि बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । जसअन्तर्गत वनभोजमा आउने सहभागीहरु मध्येबाट उत्कृष्ट पोसाकलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा पुरुषतर्फ सोम सेरेङ र महिलाहरु तर्फबाट जमुना हुक्पा चोङ्वाङ, लीला तुम्बाहाम्फे र पुर्णीमाया लिम्बुले लगाएको पोसाक उत्कृष्ट रह्यो । उनिहरुलाई संस्थाले नगद र प्रमाण पत्रले पुरस्कृत गरेको थियो ।

कार्यक्रमका सभापती तथा अध्यक्ष नविन मेन्याङ्बोले संस्था विशुद्ध रुपमा लिम्बु कलाकारहरुको संस्था भएकोले संस्थालाई जोगाएर राख्न अबको आवश्यकता भनेकै एकता भएकोले यो एकता कायम राख्दै लिम्बु कलाकारहरुको सामिप्यता र एकता निरन्तर रहोस भन्ने हेतुले भेटघाट कार्यक्रमको आयोजना गरिएको बताए । हाल लिम्बु कलाकारहरुकै संगठन रहेको अर्को संस्था भए पनी उक्त संस्थाले विशुद्ध लिम्बु भाषामा बनेको चलचित्रहरुलाई मात्र प्राथमिकता दिने भएकाले सबै अटाउने संस्था याक्थुङ चलचित्रकर्मी संघ भएको दावी गरे । याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय संस्था भएकोले अब हामी जिल्ला गठन गर्न लागिपरेको र भर्खरै याक्थुङ चलचित्रकर्मी संघको धनकुटा शाखा गठन गरेको जानकारी दिए । एवम तरिकाले अब जिल्लाहरुमा गठन प्रकृया अगाडी बढ्ने मेन्याङ्बो ले बताए । कार्यक्रममा लिम्बु कलाकर्मी हरु, काठमाण्डौ, ताप्लेजुङ, झापाका सदस्यहरुको पनि उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित