सिक्किममा सम्पन्न च्याब्रुङ प्रतियोगितामा प्रथम बिजेता कलाकारलाई सम्मान

बसन्तराज सुब्बा

झापा । भारतको सिक्किममा सम्पन्न भएको अन्तर्राष्ट्रिय च्याब्रुङ प्रतियोगितामा प्रथम स्थान विजेता हुने कलाकारहरुलाई सम्मान साथै समीक्षा कार्यक्रम सम्पन भएको छ ।

केर्खा याक्थुङ लिम्बु समुदायहरुको महान चाड चासोक तङ्नाम २०८० अर्थात यले यङ्वे ५०८४ को पुनित अवसरमा भारतको सिक्किम नियारा प्रोडूशनद्वारा आयोजित ८ औ चासोक तङनाममा प्रथम अन्तर्राष्ट्रिय च्याब्रुङ प्रतियोगितामा नेपालको तर्फबाट किरात याक्थुङ चुम्लुङ कमल वडा न.३ केर्खाले प्रथम बिजेता हुन सफल भएको थियो ।
बिजेता कलाकारलाई पुस २ गते केर्खा बजारमा स्थानियवाशीहरुले भव्य स्वागत सम्मान गर्दा सो-प्रतियोगी कलाकारहरु लाई औपचारिक सम्मान पछि गरिने घोषित गरे अनुसार बाकी रहेको कार्यलाई माघ १३ गते कमल सलोरा मञ्चको कार्यालयमा किराँत याक्थुङ चुम्लुङ वडा न.३ का अध्यक्ष हिमाल लिम्बुको अध्यक्षतामा औपचारिक कार्यक्रमबाट सम्पन गरेको हो ।

कार्यक्रममा कलाकारहरु च्याबुङ टिमका संयोजक हिमाल लिम्बु लगायत २० जना कलाकारहरु रोजा आङबुहाङ लिम्बु , मिश्रा हाङगाम लिम्बु , सुसिला सोदेम्बा लिम्बु , नुमा लिङदेन लिम्बु , सोनम सोदेम्बा लिम्बु , दिपेन लामछाने गुरुङ , सोनाम याक्पादेन लिम्बु , अस्मिता श्रेष्ठ ,सुक्र राज लेछवों , सुमन लेछवों लिम्बु , समिर लिबु , दिल कुमार लेछवों लिम्बु , निशु योङहाङ लिम्बु , प्रियका गुरुङ , सोस्तिका लिम्बु , सर बिर लिम्बु , दुर्गा लिम्बु , आसा लिम्बुलाई प्रमुख अथिती र अथितिहरुको हस्त बाहुलीबाट अबिरजात्रा सहित प्रमाण-पत्र र मायाको चिनो बितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती किराँत याक्थुङ चुम्लुङ झापा जिल्ला सदस्य दिव्यकला थेवेले चुम्लुङले कमल वार्ड ३ अध्यक्ष हिमाल लिम्बु उको उपस्थित पछि कमलमा नृत्य देखि च्याबुङ कला प्रशिक्षण दिदै हरेक प्रतियोगिता जिताउदै केर्खा कमलको कला प्रतिष्ठा उच्च राख्दै आएको बताए । यहि क्रममा अझ अघि बड्दै जाहोस भन्दै सबैलाई धन्यवाद दिएका थिए ।

त्यस्तै शुभकामना मतव्य अथिती कमल किराँत याक्थुङ चुम्लुङका अध्यक्ष दिवस साम्बाम्फे , कमल सलाहकार बिरेन्द्र याक्थुम्वा , फाल्गुनन्द टोल विकास अध्यक्ष शेलिना राई लगायतले बधाई तथा शुभकामना सहित समीक्षामा आ आफ्नो भनाई राखेको थिए ।

कार्यक्रम सुक्रराज लेछवों लिम्बु द्वारा सञ्चालित स्वागत मन्तव्य संस्था सदस्य बुद्रराज फोम्बोले राखेका थिए । कार्यक्रमलाई सहजीकरण याक्थुङ युवा मन्च जिल्ला सदस्य कमल सस्थापक सदस्य बसन्त राज सुब्बा ( निसाम ) गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमलाई समापन गर्ने क्रममा सभाध्यक्ष हिमाल लिम्बुले नेपालदेखि सिक्किम अन्तर्राष्ट्रिय च्याब्रुङ प्रतियोगितामा जाने सम्पूर्ण टिम , प्रथम विजेता कलाकारलाई प्रत्यक्ष, अप्रत्यक्ष आर्थिक भौतिक नैतिक सबै खाले सहयोगीहरु र कार्यक्रममा आउने अतिथि लगायत उपस्थित हुने सबैमा धन्यवाद व्यक्त गर्दै समापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित