धरान सहित १४ जिल्लामा कोशी नाम खारेजी विरुद्ध प्रशिक्षण कार्यक्रम(भिडियो सहित )

 

https://youtu.be/38RPoz0hqU4?si=aCLykiMnrZx5DDGW

 

धरान । कोशी नाम खारेजी संयुक्त संघर्ष समितिको आयोजनामा धरान सहित विभिन्न स्थानमा जनजागरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संघर्ष समितिले धरानमा शनिबार किरात राई यायोक्खा भवनमा जनजागरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका थिए । आदिवासी अभियन्ता समेत समेत रहेका नन्दा कन्दङ्वालाई प्रमुख प्रशिक्षकको रुपमा निम्त्याएर कोशी नाम खारेजी सहित संयुक्त अवधारणा बनाउने उदेश्यले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा पहिचानवादि नेता कार्यकर्ताहरुमा नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,राष्ट्रिय जनामुक्ति पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय मंच,नागरिक उन्मुक्ति पार्टी सहित सामुदायिक संस्थामा आवद्ध रहेका अगुवा नेता कार्यकर्ता लगायतको उपस्तिथि रहेका थिए।

त्यसैगरी कोशी नाम खारेजीकै विषयलाई लिएर उदयपुरमा पनि प्रशिक्षण सम्पन्न भएको थियो ।उदयपुरको गाईघाटमा एकदिने जनजागरण प्रशिक्षण सम्पन्न भएको कुरा जिम्मेवार पाएका गोपाल किराँतीले जनाएको छ । उदयपुरमा भएको जनजागरण प्रशिक्षणमा संघर्ष समितिको सय जना उपस्थिती रहेका थिए । उदयपुरमा प्रशिक्षक तथा आयोजकमा युवराज राई, गौरीशंकर उदास, बद्री चौधरी र गंगा राईलगायत रहेका थिए ।

गत फागुन १७ गते एमालेको हिक्मत कार्की नेतृत्वले कोशी नामको प्रदेश नामको पहिचान विरोधी नामाकर्ण गरेको भन्दै निरन्तर प्रदेश १ अशान्त भैरहेको छ । त्यहि नामकै कारण एमालेको नेतृत्व हिक्मत कार्कीको प्रदेश सरकार जनता समाजवादी पार्टीको स्वास्थ्य मन्त्री समेत रहेका निर्मला तावा अनि पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिँदा सरकार ढलेको थियोे । त्यसपछि प्रदेश १ मा राजनीतिक अस्थिरतासंगै एमालेको शिर्ष नेता केपि ओलि,सुबास नेम्बाङ,महेश बस्नेत,योगेश भट्टराईलाई लखेट्ने काम भौरहेको छ ।
त्यसैगरी स्थानीय तहको वडामा रहेको कोशी लेखिएको लेटरप्याड थुत्ने जलाउने,साइनबोर्ड च्यात्ने कालो पोत्ने तथा ८२ सांसदलाई वंश गद्दार घोषणा गर्ने कालो झण्डा देखाउने काम भैरहेको छ ।

गत फागुन १७ गते कोशी नाम राखेपछि तत्कालीन हिक्मत कार्किलाई ढुंगामुढा सहित लखेटिने काम भएको थियो । त्यसैगरी माओवादीका इन्द्र आङ्बो चढेको गाडिमा ढुंगामुढा गरेर लेखेटिसको छ । त्यहि विषयमा माओवादिले गल्ति महसुस गरिसकेको छ । नेपाली काङ्ग्रेस प्रदेश १ को १४ जिल्लाका सभापतिले प्रदेशको नाम बारे पार्टीलाई पुनर्विचार गर्न संयुक्त रुपमा ध्यानाकर्षण गराईसकेको छ ।

करिब एक वर्षको आन्दोलनमा बहुमतमा एमालेको बहुमतको सरकार ढलेपछि एकपछि अर्को मुख्यमन्त्री बन्ने क्रमसंगै राजनीतिक अस्थिरता भौरहेको छ । पछिल्लो समयमा केदार कार्किको नेतृत्वमा सरकार गठन भएको छ । १४ जिल्ला अशान्त भएको छ । कैयौं पहिचानवादि घाइते भैसकेका छन । लाजेहाङको मृत्युु भएको छ । अझै पनि कैयौं कार्यकर्ताले मुद्दा खेपिरहेका छन ।

माओवादीको नेतृत्वमा संघीय सरकार छ । जहाँ नेपाली काङ्ग्रेस जसपा सरकारमा छन तर उसैको कार्यकर्ताले जेलनेल मुद्दा खेप्नुपरिरहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित