धरान । कृषि,पर्यटन,कलासंस्कृति,शिक्षा,खेलकुद तथा औद्योगिक ब्यापार प्रदर्शनि धरान एक्स्पो २०८० आगामी फागुन ११ गतेदेखि हुने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै एक्स्पोबारे जानकारी दिएको हो । संघका अध्यक्ष बिजय श्रेष्ठ संघमा निर्वाचित भएपछिको यो दोस्रो औद्योगिक मेला हो । पत्रकार सम्मेलनमा धरानका उद्योगी/ व्यावसायीहरुको व्यापार प्रबर्द्धन गर्ने उदेश्य लिएर सुनसरी उद्योग वाणिज्य संघले पर्यटन, कृषि, सूचना प्रविधि, कलासंस्कृति,शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनिका लागि धरान एक्स्पो २०८० को आयोजना गरिएको जानकारी दिए ।
यस मेलामा विभिन्न स्थानका व्यवसायीहरुको हस्तकला वैज्ञानिक कृषि पद्धति स्थानीय साधन श्रोतबाट उत्पादित बस्तु प्राथमिकताका विषय बन्ने दाबि गरे । त्यसैगरी निकासी पैठारी र आधुनिक चेतनामूलक विषयलाई दोश्रो सुचिमा राखि व्यवसायिक चेतना अभिवृद्धि सूचना प्रविधि सम्बन्धि जानकारी आन्तरिक एबम बाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको महिमा जस्ता विषयलाई प्रदर्शनीको आकर्षणको स्थलको रुपमा स्थापित गरिने लक्ष्य रहेको जानकारी दिए ।
धरान उपमहानगरपालिका वडा नम्बर १६ स्थित धरान रंगशालामा मेला प्रदर्शनी हुनेछ । करिब २ करोडको लागत खर्च हुने अनुमान गरिएको मेला प्रदर्शनिमा पाँच लाखले अवलोकन गर्ने अपेक्षा लिएको छ । जम्मा १५० वटासम्म स्टल रहने प्रदर्शनी मेलामा १६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
आन्तरिक उत्पादनको व्यापारिक प्रवर्द्धन गरी निकासी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने यस एक्स्पोले लक्ष्य लिएको छ । यस क्षेत्रका उच्द्योग वाणिज्य संघहरु तथा उद्योगी व्यवसायीहरु लगायत अन्य क्षेत्रका उद्योगी व्यवसायीहरुले सम्चालन गरेका विभिन्न उत्पादनहरुको प्रदर्शनी तथा विक्रि कक्षहरु रहने छन् । यस एक्स्पोमा यस क्षेत्रका धार्मिक तिर्थस्थलहरु दन्तकाली, बुढासुबा पिण्डेश्वर पञ्चकण्या विष्णुपादुका बराहक्षेत्र औलिया काबा मन्दिर) आणि महत्वपूर्ण स्थलहरु) तथा पर्यटकीय क्षेत्रहरुको प्रबर्द्धन गर्न श्रम संस्कृति पार्क, प्याराग्लाईडिङ्ग, याफटिंङ्ग, स्काई वाक, जिप लाइन, स्काई साईकिल ह्याडिङ्ग द्वित्र जल वातायात, बजस्ते करना, भेडेटार सुर्यकुण्ड मतामुले राजाको दरवार. वी.पी. पार्क, SDS रक गार्डेन श्रम संस्कृती पार्क, रोज पार्क हरियाली पार्क, यलम्बर पार्क, तालतलैया पार्क) जस्ता विभिन्न टुर प्याकेजको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन हुने लक्ष्य लिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
ब्यापार मेलाको लागि विशेष सहयोगी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार पर्यटन वन बतातावरण मन्त्रालय कोशी प्रदेश प्रदेश सरकार उद्योग, कृषि तथा सहकारीवाल केन्द्र रहेको जानकारी दिए ।
Discussion about this post