काठमाडौ । राष्ट्रिय सभाको १९ सांसदको लागि माघ ११ गते सम्पन्न सातवटै प्रदेशको अन्तिम मत परिणामलाई निर्वाचन आयोगले घोषणा गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस बिज्ञप्ति जारी गर्दै सम्पन्न भएको चुनाब मत परिणाम तथा निर्वाचित सांसदहरुको नामावली सार्वजनिक गरिएका छन ।
बिज्ञप्तिमा प्रदेश १ मा रिक्त रहेको दुई समूहमा महिला समूहतर्फ नेकपा एमालेकी रुकमिणी कोइराला निर्वाचित भएकी छन् । प्रदेश १ को अन्य समूहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित घोषित भए ।
त्यसैगरी मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी नेपालका पूजा चौधरी विजयी घोषणा भएको छ । मधेश प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।
यसैगरी बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ काँग्रेसका बिष्णुदेवी पुडासैनी, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का घनश्याम रिजाल र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारी र अन्य समूहतर्फ काँग्रेसका जितजगं बस्नेत निर्वाचित भएको आयोगले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएका थिए । जसमा महिला समूहतर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा, अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ काँग्रेसका पदमबहादुर परियार, अन्य समुदायतर्फ काँग्रेसकै किरणबाबु श्रेष्ठ निर्वाचित भएको घोषणा भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएका थिए । महिला समूहतर्फ नेपाली काँग्रेसका विष्ण्कुमारी सापकोटा, निर्वाचित भइन् । यसैगरी लुम्विनी प्रदेशकै अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले निर्वाचित भएको बिज्ञप्तिमा जनाएको छ ।
यसैगरी कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएका थिए । महिला समूहतर्फ एकीकृत समाजवादीका सावित्री मल्ल निर्वाचित घोषणा भएको छ । दलित समुह तर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भएको छ । अन्य समूहतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएको जनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन सम्पन्न भएको छ । महिला समूहतर्फ माओवादी केन्द्रका रेनु चन्द निर्वाचित भइन् । यसैगरी अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ कांग्नारेसका रायणदत्त भट्ट र अन्य समूहतर्फका नेपाली काँग्रेसका बलदेव बोहरा निर्वाचित भएको घोषणा भएको छ ।
अधिकांस राष्ट्रिय सभाका सांसद खस आर्य समुदायबाट निर्वाचित भएका छन । पुरुषतर्फबाट पनि आर्य समुदायको बर्चस्व रहेको छ भने लैगिंक रुपमा महिला भए पनि जातिगत रुपमा आर्य महिला नै बढि निर्वाचित भएका छन ।
नेपालको संविधानमा समानुपातिक समावेशीको सुनिश्चितता उल्लेख भए पनि व्याबहारमा भने त्यो कार्यान्वयन देखिएन । ठुला राजनीतिक दल नेकपा एमाले,नेपाली काङ्ग्रेस नेकपा माओवादी केन्द्र नै उम्मेदवारी दिँदा त्यसतर्फ चासो नदिदाँ कार्यकर्ताबाट असन्तुष्ट र बिरोध भएका थिए । मत परिणाम हेर्दा अल्पसंख्यक र अपांगबाट पनि आर्य समुदायको अधिकारी निर्वाचित भएको पाईएको छ ।
Discussion about this post