निमा पोङ्स्युवा
धरान । संघीय सरका सहरी विकास मन्त्री सीता गुरुङले धरानमा निर्माणाधीन बौद्ध चारधामको मिनि लुम्बिनी उद्घाटन गरिएको छ ।
बिहिवार धरान ८ स्थित बौद्ध दाहसंस्कार स्थल परिसरमा एक कार्यक्रमका वीच मिनि लुम्बिनीको उद्घाटन गरिएका थिए । सोहि अवसरमा मन्त्री गुरुङले बोदगयाको शिलान्यास पनि गरेका थिए । उद्घाटन कार्यक्रम बौद्ध दाहसंस्कार स्थल धार्मिक वन बौद्ध चारधाम पर्यटन केन्द्रले आयोजना गरेको थियो ।
करिब २३ बिघा क्षेत्रफलमा भगवान बुद्धको जन्म ध्यान बसेको प्राप्त ज्ञान सुनाएको र महापरिनिर्वाण भएको पवित्र स्थललाई सम्बन्धित स्थानमा जान नसक्ने भक्तालु तथा अनुयायीको लागि भनेर धरानमा चारधाम निर्माण भैरहेको कुरा अध्यक्ष कर्ण तमुले जानकारी दिए । बुद्धले जन्म लिएको लुम्बिनी, ज्ञान प्राप्त गरेको बोदगया,ज्ञान प्राप्तिपछि पहिलोपटक सुनाएको स्था सारनाथ र देहत्याग गरेको कुशिनगरलाई एकै ठाउँमा बनाएर धार्मिक पर्यटनको विकासको अवधारणा अगाडि सारेको अध्यक्ष तमुले बताए । बौद्ध चारधाम मध्ये लुम्बिनी बाहेक अन्य तीनवटा स्थान भारतमा पर्ने भएकोले इच्छाएर पनि जान नसक्नेका लागि एकै स्थानमा चारधाम बनाउने अवधारणा भएको बताए ।
मिनि लुम्बिनिको उद्घाटन गर्दै मन्त्री गुरुङले आगामी दिनमा आफ्नो मन्त्रालयबाट सकेजति सहयोग गर्ने आश्वासन दिए । मन्त्री गुरुङले भने,-`यहाँको अवस्था र पुर्वाधार बिकासको लागि केहि रकम चाहिने देखिएको छ,त्यसलाई मन्त्रालयको शिर्षकको अनुकुलतालाई मिलाएर केहि न केहि ढंगबाट सम्बोधन गर्ने प्रतिबद्धता गर्न चाहन्छु ।´मन्त्री गुरुङले देशभरबाट विकास निर्माणका लागि बजेट माग भएको भन्दै तर देशको खल्ती साँघुरिदै गएको बताए । यसअघि धरानबाट गएको राजनीतिक दलको प्रतिनिधि मण्डललाई सरकारको खल्ती सानो भएको बताएको स्मरण गर्दै ७७ वटै जिल्लालाई समेट्ने प्रयास गरेको बताए । गुरुङले भने,- `खल्ती साँघुरो भएको कारण मन खुलाएर भन्ने चलन छ,मन फुकाएर भन्न परिस्थितिजन्य कुराहरू छ्न ।
आज उद्घाटन भएको मिनि लुम्बिनीको लागि संघीय सरकारबाट १० लाख रुपैया,प्रदेश १ बाट २० लाख रुपैया र स्थानीय सरकार धरान उपमहानगरपालिकाबाट १० लाख गरी जम्मा ४० लाख रूपैयाबाट निर्माण कार्य भएको अध्यक्ष तमुले बताए । आन्तरिक श्रोत तथा श्रमदान सहित करिब एक करोड ३० लाख बराबरको लागतमा मिनि लुम्बिनी तयार भएको बताए । मिनि लुम्बिनीमा बुद्ध जन्मने बित्तिकै सात पाईला हिडेको प्रतिक जुन लुम्बिनीमा छ त्यहि प्रतिकलाई बनाएको जानकारी दिए ।
Discussion about this post