धरान । धरान उपमहानगरपालिका वडा नम्बर २० मा रहेको चिण्डे डाडमा सुम्निमा पारुहाङ बन्ने भएपछि स्वदेश विदेशबाट दाताहरुलेआर्थिक सहयोग निरन्तर गरिरहेका छन ।
आज (बुधबार ) पत्रकार सम्मेलन गरेर गरेर आजसम्म आर्थिक सहयोग प्राप्त भएको विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा सुम्निमा पारुहाङको प्रतिमा बनाउनको लागि भनेर २५ लाख ९६ हजार ३३७ रुपैया आर्थिक सहयोग उपलब्ध भएको कुरा दत्ता लिम्बुले जानकारी दिए ।
सुम्निमा पारुहाङ निर्माण गर्नका लागि जग्गा किन्ने काम भएको छ । आवस्यकपर्ने एक बिघा १६ कठ्ठा करिब लाग्ने दत्ता लिम्बुले जानकारी दिए । प्रति धुर ९० हजारको दरले खरिद गर्ने काम भैरहेको बताए । यस क्रममा २८. ५ धुरको लागि बैना गर्ने काम भैसकेको बताए । सुम्निमा पारुहाङ निर्माणका लागि एकजनाले छ कठ्ठा जग्गा निशुल्क प्रदान गरिसकेको छ ।
सुम्निमा पारुहाङ निर्माण गर्नको लागि मेयर साङ्पाङले निरन्तर आह्वान गर्दै आएको छ । यो प्रतिमा बिशुद्ध स्थानीय सरकार भन्दा बाह्य सहयोगबाट निर्माण हुने कुरा मेयर साङ्पाङले जानकारी दिए ।
Discussion about this post