केबुलकारको नाममा मुकुम्लुङ सांस्कृतिक अतिक्रमणको समाजवादी युवासंघको बिरोध

धरान । ताप्लिजोङको पवित्र तिर्थस्थल मुकुम्लुङमा केबुलकारको नाममा वन विनास सहित सबै सम्पदा विनास गर्न खोजेको प्रति जनता समाजवादी पार्टी निकट युवा संघले बिरोध गरेको छ ।

समाजवादी युवा संघ प्रदेश १ ले प्रेस बिज्ञप्ति जारी गर्दै केबुलकार बनाउने बहानाको बिरोध गरेको छ ।प्रेस विज्ञप्तीमा भनिएको छ,-`लिम्बूवानको ताप्लेजुङमा अवस्थित पवित्र स्थल मुक्कुमलुङ कथित पाथिभरामा केबलकार निर्माण गर्ने विषयलाई लिएर आदिवासी याक्थुङ/लिम्बू समुदाय र लिम्बूजन्य साथै पहिचानजन्य संघ संस्थाहरुले आन्दोलन गरिरहेको सम्बन्धमा जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी युवा संघ, नेपाल, प्रदेश नं. १ ले नजिकबाट नियालीरहेको छ। याक्थुङहरुको पवित्र आस्थाको केन्द्र आध्यात्मिक स्थल मुक्कुमलुङ युमा माङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरिएको विरुद्धमा विगतदेखि आन्दोलनरत रहेको जागजाहेर छ।´

राज्य सत्ताले ऐतिहासिक नाम मुक्कुमलुङ विस्थापन गरी पाथिभरा बनायो। सरकारले २०५३ मा पाथिभरा क्षेत्र विकास समिति ( गठन) आदेश, २०५३ ल्याएर मुक्कुमलुङ माथि प्रत्यक्ष अतिक्रमणमा उत्रियो। हिन्दु मूर्ति, होमादी घर, त्रिशुल, घण्ट, शिवलिंग ठड्‌याउँदै लगियों । वास्तवमा त्यहाँ प्रकृतिलाई पुज्ने हो। त्यो अजंगको पर्वत आफैमा शक्तिपुञ्ज भएकोले त्यो शक्तिरुपी पहाडलाई आदिवासी लिम्बूहरुले पुज्दै आएका छन्। त्यसैले त मुक्कुमलुङ भनिएको हो। मुस्कुम भनेको शक्ति, बल र लुङ भनेको शिला, ढुङ्गा अथवा चट्टान हो। पहिले शिलालाई पुजिन्थ्यो। सरकारले २०५८ मा हिन्दु भगवती कालीको मूर्ति प्रतिस्थापन गरेपछि मूर्ति पुज्न थालियो । अतिक्रमणकै श्रृंखला स्वरुप केबलकार बनाउने नाफाखोर पूँजीपति वर्ग अघि सरेका आरोप छ । केबलकार सरकारको योजना होइन व्यापारिक कम्पनीहरुको भएको दाबि छ । जसको उद्देश्य सेवाभन्दा नाफा कमाउने हुन्छ । केबलकार बनाउँदा त्यहाँको सांस्कृतिक, प्राकृतिक र वातावरणीय प्रभाव के कस्तो पर्छ त्यो उनीहरुको सरोकारको विषय होइन, जसरी हुन्छ नाफा कमाउने हो भन्दै आरोप लगाएको छ । केबलकार बन्नु विकास हो, विकासको विरोध गर्नु हुँदैन। विरोध गर्नु विकास विरोधी कुरा हो भनेर भ्रम सृजना गरिएको उल्लेख छ।

संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। नेपाल राष्ट्रिय कानुनले प्रत्येक समुदायको सांस्कृतिक अधिकारलाई सुनिश्चित गरेको छ । नेपालको संविधानको धारा ३२ (३) ले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो आफ्नो भाषा, लिपी, संस्कृति, सांस्कृक्तिक सभ्यता र सम्पदाको सम्बर्द्धन र संरक्षण गर्ने हक हुनेछ भन्ने व्यवस्था छ। राज्यले सबै धर्म संस्कृति प्रति समान व्यवहार गर्नुपर्नेमा हिन्दु धर्मको पक्षपोषण गर्नु र आदिवासी जनजातिहरुको ऐतिहासिक धार्मिक स्थलहरुलाई हिन्दुकरण गर्नु निन्दनीय छ । नेपालको संविधान लगायत अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरुमा प्रतिबद्धता जनाए अनुसार समुदायको सांस्कृक्तिक अधिकारको रक्षा गर्नु राज्यको दायित्व हो। त्यसैले सरकार, जनप्रतिनिधिहरुले कर्पोरेटको पक्षमा निर्णय गर्ने होइन जनताको चाहना र मागलाई सम्मान गर्ने हो । अतः धर्मनिरपेक्षताको मर्म र मूल्य मान्यतामा सरकार रहनुपर्छ । मुक्कुमलुङबाट सरकार हटोस् र सम्बन्धित समुदायलाई रेखदेखको जिम्मा दिइयोस् भन्ने आग्रह गर्दछौं। याक्थुङ समुदायसँगको ऐतिहासिक सम्बन्ध रहेको मुक्कुमलुङ क्षेत्रमा केबलकार लगायतको भौतिक संरचना भौतिक संरचना बनाउने या नबनाउने निर्णय गर्ने अधिकारको सम्मान गर्न सरकार र सम्बन्धित कम्पनीलाई यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौ भनिएको छ । प्रेस विज्ञप्तिमा मुक्कुमलुङ लगायतका हरेक न्यायिक आन्दोलनमा समाजवादी युवा संघ नेपाल, प्रदेश नं. १ समिति सदैव जनताको साथमा रहने भनिएको छ । मुक्कुमलुङ बचाउन आन्दोलनमा भौतिक उपस्थिति सहित हाम्रो ऐक्यबद्धता र साथ सहयोग रहनेछ भन्दै उच्च मनोबलका साथ आन्दोलनमा सरिक हुन सबै न्यायप्रेमी जनतालाई आह्वान गरिएको छ । प्रेस विज्ञप्ती यदि राज्यले जबर्जस्त दमन गरेर निर्माण गर्न खोजे त्यसबाट उत्पन्न परिणाम राज्य आफैले व्यहोर्नु पर्ने चेतावनी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित