धरान । टेलिभिजन पत्रकारिताबाट एकाएक राजनीतिमा छलाङ मारेका रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी २१ जनाले सामुहिक रुपमा त्यागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गुलरिया बर्दियाले संयुक्त हस्ताक्षर गर्दै पार्टी परित्याग गरेको जनाएको छ । बिज्ञप्तिमा राष्ट्रि स्वतन्त्र सुरुवाती क्रममा पार्टी विस्तारका कार्यलाई महत्वमा राखी काम गर्नु पर्ने अवस्थामा बर्दिया राष्ट्रिय स्वतन्य पार्टी भित्र नै अन्तर भेद मनमुटाव, व्यक्तिवादी दासत्व, पदीय ध्यास, हैकमवादी चरित्र, चेपुवा प्रवृत्ति, धम्कीपुर्ण व्यवहार, अराजक शैली, गुट उपगुटको निमार्ण र म नै सर्वेसर्वा हूँ भन्ने भावनाबाट प्रेरित नेतृत्व पक्तीहरुको रवैया देखदा पुराना रैथाने परम्परावादी शाक्तिहरुको व्यवहार भन्दा कुनै फरक नदेखिएको आरोप लगाएको छ । संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा `हामीहरु नयाँ सोच र विचार भोकेका व्यक्तिहरु यस राष्ट्रिय स्वतन्त्र पाटीवाट हामी हाम्रा सन्तती र यस समाजको भलो नहुने बुझे पछि हामी तपशिलमा उल्लेखित सदस्यहरु आजको मितिदेखि लागू हुनेगरी यस राष्टिय स्वतन्त्र पार्टीको साधरण सदस्य समेत नरहने गरी पार्टी परित्यागको स्वाघोषणा गर्दछ।´
उपप्रधानमन्त्री गृहमन्त्री भएपछि नागरिकता र पासपोर्ट काण्डबाट पद गुमाएका रबि लामिछाने पछिल्लो समयमा आएर सहकारीको पैसा अपचलनमा दुबैजना मुछिएका छन ।
Discussion about this post