नविन रम्तेल
धरान । आत्मनिर्भरताको अभियानमा लामबद्ध ड्राईभिङ्ग ब्यबसायीहरुले राज्यलाई कर तिर्न पाउनु पर्ने र ब्यबसाय पनि सन्चालन गर्न पाउनु पर्ने जुन माग छ त्यो राज्यको लागि सारै ठुलो सहयोग हो यसको लागि आभारी छौं” उक्त कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ड्राईभिङ्ग स्कुल संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनमा बताएका हुन्।
पौष २८ गते चितवनको भरतपुरमा सम्पन्न ड्राईभिङ्ग स्कुल संचालकहरुले महाधिवेशनमा ड्राईभिङ्ग ब्यबसायीका पिर मर्का तथा राज्यप्रतिको उत्तरदायित्वका बिषयमा सहभागी ब्यबसायीहरुले प्रमुख अतिथिका रुपमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सामुन्ने राखेर दर्शाएका छ्न्।
भरतपुरको दियालो फुडल्यान्डमा भब्यताका साथ सम्पन्न उक्त महाधिवेशनमा प्रदेश १ ले आफ्नो पोल्टामा सबैभन्दा बढि पद हत्याएको छ।
वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष सहित तीन जना केन्द्रिय सदस्य कोशीको पोल्टामा परेको छ।पूर्व के.स एवं प्रदेश १ का महासचिव बौद्धिक ब्यक्तित्व सफल ब्यबसायी गोपालप्रसाद घिमिरे वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए।उनले काठमाडौंबाट ठुलो आश गरेर अघिल्लो अधिवेशनमा अध्यक्ष,उपाध्यक्ष,महासचिव सहित बहुमत बागमतीलाई सुम्पेको तर उपलब्धि शुन्य भएको दुखेसो पोखे।
सिप सिकौं,आत्मनिर्भर बनौं भन्ने मुल नारा राखेर सम्पन्न भएको महाधिवेशन महासंघका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । विशेष अतिथीका रुपमा बागमती प्रदेशका स्वास्थ मन्त्री माननीय उत्तम जोशीले मन्तव्य राखेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न महाधिवेशनमा देशैभरका पाँचसय का हाराहारीमा पर्यवेक्षक,प्रतिनिधि र ब्यबसायीहरु सहभागी रहेका थिए।
उन्नाईस पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका छन् जसमा अध्यक्ष राजकुमार गुरुङ ( बाग्मती ),वरिष्ठ उपाध्यक्ष गोपाल घिमिरे ( कोशी ),उपाध्यक्षद्वय बाबुराम प्रधान ( प्रदेश १ )उपाध्यक्ष महेश पौडेल( बाग्मती )महासचिव गोबिन्द प्रसाद ढकाल ( लुम्बिनी )सचिबद्वय धन बहादुर अधिकारी ( गण्डकी )र बिष्णु प्रसाद पोखरेल ( गण्डकी) कोषाध्यक्षमा बिख कुमार मकाजु (गण्डकी )
केन्द्रिय सदस्यहरुमा मनिष थापा ( कोशी), भुपेन्द्र बहादुर बगाले थापा ( प्रदेश १ ), अनन्त घिमिरे पुर्बेली (प्रदेश १ ),सुरज सिवाकोटी ( सुदुरपचिम ), नैन बाहादुर बिष्ट ( सुदुरपचिम ),गिता अर्याल ( पन्त ) ( लुम्बिनी ),खुमराज खड्का ( लुम्बिनी ),चेत भक्त पौडेल ( गण्डकी ),बिरेन्द्र राज भुर्तेल ( गण्डकी ), हरी ढकाल ( बाग्मती ),दिप नारायण शाह ( मधेस ) रहेका छ्न्।
Discussion about this post