फागुनन्द टोल विकास संस्थाको सामाजिक काम,मृतक सुवास तामाङको परिवारलाई २८ हजार सहयोग

बसन्त राज सुब्बा
झापा कमल (गाउँपालिका ) । झापा जिल्ला कमल गाउँपालिका वडा नम्बर ३ फाल्गुनन्द टोल बिकाश संस्थाले स्थानीय बिपन्न सफारी चालक मृतक सुबाश तामाङको परिवारलाई २८ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

टोल विकास संस्थाले गर्दै आएको नियमित सरसफाइ तथा टोल सुधार कार्यक्रम तथा एक दिवसिय कार्यक्रमको अवसरमा मृतकको परिवारलाई पटकपटक गरि जम्मा २८ हजार ७२० रुपैया आर्थिक सहयोग गरेको हो । उक्त सहयोग मृतक तामाङको परिवार शेलिना राईलाई फागुनन्द टोल विकास सस्थाको अध्यक्ष शेलिना राईको हातबाट मृतकको श्रीमती गंगा राई तामाङ लाई हस्तातरण गरेका थिए ।

संस्थाले द भोइस अफ नेपाल ५ मा सहभागी भएका आफ्नै टोलका नकाउटसम्म पुग्न सफल भएका ममता हिङमाङलाई पनि प्रसंसा पत्रद्वारा सम्मान गरिएका थिए ।

फाल्गुनन्द टोल बिकास सस्थाले पछिलो समयमा कमल गाउँपालिकामा सामाजिक कार्यहरुमा सक्रियरुपमा जनप्रीय कामहरु गर्दै आएको छ ।संस्थाको तेश्रो सधारण-सभाबाट सेलिना राई/सशीको अध्यक्षतामा निर्वाचित्त समितिले आफ्नो टोल स्वच्छ बनाऊ भन्ने उदेश्यले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । गत हप्ता केर्खा बजार स्थित उतर महेन्द्र राजमार्ग खण्ड अवस्थित खेल मैदान केर्खा फाल्गुनन्द टोल बिकास संस्थाको आयोजनामा एक दिवशिय सरसफाई  सहजीकरण सस्था सल्लाहकार नरेन हाङ लिम्बुले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित