राष्ट्रिय शैक्षिक परार्मश संघ १ न. प्रदेश समितिको अध्यक्षमा सन्तोष कुरुम्बाङ

इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघ १ न. प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभाबाट धरानका डटलिङ्क संचालक सन्तोष कुरुम्बाङ अध्यक्षमा निर्वाचित भएको छ ।

ईटहरी स्थित होटल सोल्टिमा शनिबार सम्पन्न भएको दोस्रो साधारणसभाले सन्तोषलाई निर्वाचित गराएको कुरा निर्वाचन मन्डलका तेन्जिङ शेर्पाले जानकारी दिए । सभाले आगामी दुई वर्षे कार्यकालका लागि सन्तोष सहित नयाँ कार्य समिति चयन गरेको हो । नव निर्वाचित समितिका उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल रहेको संघले बताए । सभाले सल्लाहकार समिति पनि चयन गरेका छन । जसको सल्लाहकार संयोजकमा प्रमोद श्रेष्ठ, सल्लाहकार सदस्यत्रयमा दिवाकरलाल चौधरी, टीका ढकाल र निरज पौडेल रहेका छन् ।

निर्वाचन प्रक्रिया अघि संघले पव्लिक स्पिकिगं सम्वन्धी तालिम सम्पन्न गरेका थिए । वाककलाका विभिन्न विषयवस्तुहरु समावेश गरेर इटहरीमा सञ्चालन गरिएको तालिम पनि समापन भएको थियो । संघमा आवद्धहरुको ५० जनाको सहभागिता रहेका थिए । तालिममा वाककला सम्बन्धी विभिन्न पक्षका विषयमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले सहजिकरण गरेकी थिइन । संघको १ न. प्रदेशको दोसो बार्षिक साधारण सभा प्रदेश अध्यक्ष मोहन तिगेलाको अध्यक्षता भएको थियो । केन्द्रीय अध्यक्ष  सन्तोष प्याकुरेलको प्रमुख आतिथ्यमा भएको साधारणसभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित