कोशी नाम खारेजी आन्दोलन फागुन १७ गते बन्ददेखि तेस्रो जन आन्दोलनसम्म(भिडियो सहित )

 

धरान । गत फागुन १७ गतेदेखि गरिएको कोशी नाम खारेजी आन्दोलन १० महिना पुग्दा एमाले हिक्मत कार्की नेतृत्वको सरकार गर्ल्याम्म ढाल्नेसम्मको अवस्थामा पुगेको छ ।

थप आन्दोलन गर्न भन्दै धरान यहि पौष २६ र २७ गतेसम्म संघर्ष समितिको बसेको बैठकले १० बुँदे निर्णय गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । निर्णयमा साबिकको आन्दोलन कोशि लेखिएको छाप,स्टाम्प,साईन हटाउनेलाई निरन्तरता दिएको छ । प्रदेश नाम पुन नामांकनलाई प्रक्रियामा अघि नबढाए फागुन १७ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय भएको छ । सोहि दिन आमहडतालको घोषणा गरिएको छ । अवस्थालाई हेर्दै अनिश्चितकालीन आमहडताल समेत गर्ने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसैगरी तेस्रो जन आन्दोलनको समेत तयारी गरि सबै देशभर आन्दोलनको तयारी गर्ने बताए । पुर्व मन्त्री गोपाल किरातीले सक्भर सरकार सुनेर विध्वंस हिंसा नहोस भन्ने चाहेको बताए । यदि त्यसो नभएको खण्डमा स्थिति भयावह हुने र पहिचान र भुमिको लडाई पेलिस्टाईन इज्राएलको जस्तो हुने चेतावनी पनि दिए ।

पत्रकार सम्मेलनको पुर्ण पाठ :
पत्रकार मित्रहरु नमस्कार ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति विगत १० महिना अघिदेखि प्रदेशको नाम कोशी खारेजीको आन्दोलनमा शसक्त रुपमा लागिरहेको सबैमा विदितै छ। प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको केन्द्रीय बैठक २०८० पुष २६ र २७ गते सुनसरीको धरान स्थित चुम्लुङ हिममा सम्पन्न भयो। बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी गराउद छौ ।
बैठकका निर्णयहरु :
) २०७९ फागुन १७ गते डकैती शैलीमा कोशी नाम राखिएपछि भइरहेको पहिचानको आन्दोलनलाई जनसमुदायिकरण, राष्ट्रिय, अन्तराष्ट्रियकरण भएको र कसैले हार्नु नपर्ने, पुनः नामकरण भए आम जनताको जित हुने बुझेर आन्दोलन अझ शसक्त बन्दे गएको समीक्षा गरियो ।

२) पहिचानको आन्दोलनलाई शसक्त बनाउन जिल्ला जनजागरण अभियान अन्तर्गत २०८० माघ १३ गते प्रदेशको १४ जिल्लामा नै प्रशिक्षण भेला आयोजना गर्ने, यसको लागि केन्द्रीय प्रतिनिधि तोकिएको र संयुक्त संघर्ष समितिलाई वडा तहसम्म गठन, पुनःगठन र प्रशिक्षण सशक्त रपमा गर्ने ।

३) सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कोशी नामको बोर्ड, लेटरप्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कायर्यालयको प्रमुखलाई हटाउन अनुरोध गर्ने, नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र संघर्ष समितिको स्थानीय तहलाई हटाउने र मेटाउने कार्यक्रम २०८० माघ १३ देखि फागुन १० गतेसम्म सम्पन्न गर्ने ।

४) प्रदेश सभा, सरकार र त्यहाँ प्रतिनिधित्व गर्ने दलका नेताहरु जिम्मेबार भएर पुनः नामाङकनको प्रक्रिया अघि नबढाएमा कोशी नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन २०८० फागुन १७ गते प्रदेशभर आम हड्ताल गर्ने र स्थित हेरेर हड्ताल अनिश्चितकालीन लान सकिने ।

५) पहिचानको आन्दोनल जनताको साझा नागरिक आन्दोलन भएको कारण संघीय मन्त्री, सांसद, कर्मचारी, उद्योगी, व्यवासायी र शुभचिन्तकहरुसँग आर्थिक सहयोग गर्न अपिल गर्दै उहाँहरुसँग रकम संकलन गर्ने । प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यहरुलाई कालो भण्डा प्रदर्शन लगायतका पूर्व घोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने ।

६) इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पहिचानवादी शक्तिहरु एकताबद्ध भएर साझा उमेद्वार तय गर्ने ।

७) पहिचानवादी संयुक्त संघर्ष समितिको नीति विपरित गतिविधि गर्ने घटक संगठनका नेता, कार्यकर्ताहरुलाई सम्बन्धित संगठनले कारबाही गर्नुपर्ने, सो संगठनले नगरेमा त्यस्ता व्यक्तिलाई संयुक्त संघर्ष समितिले अस्वीकार गर्नुको साथै कारबाही गर्ने ।

८) वर्तमान संविधानको रक्षा, संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न बतमांन पार्टीहरुका नेताहरुले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविश्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहोल सिर्जना गर्ने ।

९) इलाम जेलमा पुर्पक्षमा रहेका आशिष साम्बा लिम्बू रिहाइको पहल र घट्नामा अर्को कुनै पक्ष दोषि भए अध्ययन गरेर कारबाहीको लागि सम्बन्धित निकायलाई सहयोग हुनेगरी नेपाल जनमुक्ति पार्टीको महासचिव पदम जवेगुको संयोजकत्वमा टुपेन्द्र येक्तेन (जसपा) र पुष्पा राई यायोक्खा जिल्ला अध्यक्ष, इलम) सदस्य रहेको अध्ययन टोली गठन गरियो ।
१०) पहिचानको आन्दोनल शान्ति, संमृद्धि, समाजवाद स्थापित गर्न र साझा राष्ट्रियता निर्माण, नेपाली राष्ट्रियतालाई मजबुत वनाउने जनताको साझा नागरिक आन्दोलन भएकाले नेपाल पत्रकार महासंघ, फोनिज, समुदायगत र पत्रकारसँग सम्बन्धित संगठनहरुलाई संगठित रुपमै प्रचारप्रशारमा लाग्न आम पत्रकारहरुसँग आपिल गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित