धरान । सचेत धराने समुहको आयोजनामा धरान उपमहानगरपालिकामा गरिएको आँखा शिबिरमा २७६ जनाको आँखा परिक्षण गरिएको छ ।
शुक्रबार धरान उपमहानगरपालिका वडा नम्बर ११ मा राखिएको शिबिरमा २७६ जना मध्ये ४९ जनाको शल्यक्रिया गर्नुपर्ने निदान भएको कुरा सचेत धराने समुह तथा कार्यक्रम संयोजक निश्चल पलिखेले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने सबै ४९ जना बिरामीको निशुल्क शल्यक्रिया हुने कुरा पनि पलिखेले जानकारी दिए । उनिहरुलाई बिराटनगर स्थित आँखा अस्पतालमा शल्यक्रिया हुने बताए ।
शिबिरमा बिराटनगर आँखा अस्पतालबाट चिकित्सक सहितको प्राविधिक सहयोग उपलब्ध भएका थिए । शिबिरलाई शुक्रवार बिहान धरान उपमहानगरका मेयर हर्क साङ्पाङको प्रमुख आतिथ्यमा भएको थियो ।
Discussion about this post