काठमाडौ । नेपालमा गणतन्त्र आएपछि राजाको अवशेषलाई प्राथमिकता दिदै जनयुद्ध लडेर आएका प्रचण्ड सरकारले नै सार्वजनिक विदा दिएपछि गतसाल विवाद भएका थिए । त्यसलाई यस वर्ष पनि निरन्तरता दिदै सार्वजनिक विदा दिएको छ ।
इतिहास जित्नेको मात्र लेखिन्छ भन्ने भनाई र पृथ्वीनारायण शाहको मात्र जय जयकार गर्नेको अन्याय पारेको इतिहास नलेखिएपछि करिब २४७ वर्ष अघिको टिपोट सार्वजनिक भएको छ । काठमाडौ निवासी श्रीराम खैजुले आफ्नो सामाजिक संजालमा पृथ्वीनारायण शाहले किर्तिपुरमा जितेपछि किर्तिपुरवासीलाई गरेको अन्यायको टिपोट गरिएको लेखोट सार्वजनिक गरिएको छ ।
किर्तिपुरवासीको १२ धार्नि नाक कान काटेको इतिहासकार भन्दै आएकोमा त्यो टिपोटले पनि पृथ्वीनारायण शाहले गरेको अन्यायको खुलासा गरेको स्पष्ट हुन्छ ।
श्रीराम खैजुको सामाजिक संजालमा लेखिएको तथ्य :
किर्तिपूर विजय पश्चात् पृथ्वीनारायण शाहले किर्तिपूरबासि माथि गरेकाे अन्याय वारे २४७ बर्ष (?) अघि लेखिएको (?) ऐतिहासिक (?) टिपाेट।
भागवत प्रधानज्युको संकलनमा रहेको यो ऐतिहासिक टिपोटमा लेखिएको वाक्यहरु मिलाई सारिदिएको छु । अन्तमा केहि शब्दका मानेहरु पनि दिएको छु ।
अघिका किर्तिपुरका लदाञीमा सुरप्रतापक नयका क्षि गरिदियाको रिसले नेपाल सम्बत ८९६ साल अकचत्र शुक्र त्रतया ।।
… वारका दिन किर्तिपुर प्रवेसगरी वाहाली चलाई भोलीका दिनमा बाह्र १२ वर्षदेषिका उभोका प्रजाहरु सवैले राजाका सलाम गर्न आउनु भनी छलकाल गरी वोलाई कोतमा थुनी ।
…दिनपछि सवै प्रजाहरुका नाष काटिदियो र नाष तौलाई हेर्दा बाह्र १२ धार्नी १ सेर ६ तोलाइ ।…प्रजाहरु जम्मा आथ सय पयसथि ८६५ जना फेरी इन ।
…दिनपछि नाष काटन्या भोत्याहरुलाई नाष मात्र कात भन्याका ओठ स्मेत काटिदियो भनी भोत्याहरु सवै जना जमलोक पठाइदिया ।
…जुन किर्तिपुरका प्रजाहरुले सात ७ वर्ष सम्म गोर्षालीहरुक नहताई लदाञी गरी थामिराख्यान्या ।…यस्ता विर सिपाहीलाई नाष काटी षराव गरिदिया ।
…किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरुका घर सवै आगो लाइ नास गरिदिया ।
…यस्ता किर्तिपुरका प्रजाहरुका नाष कातन लाइ छ महिना अघि चोबाहालका गणेशका नाष फुलि आया ।
लदाञी = लडाईँ
नयका क्षि = नयनका क्षति, आँखा फुटेको
नेपाल सम्बत ८९६ = अहिले नेसं ११४१ अर्थात २४५ वर्ष अघि लेखेको टिपोट
चत्र शुक्र त्रतया = चैत्र शुक्र तृतिया
वाहाली चलाई = आदेश दिएर
छलकाल गरी = छलछाम गरी
नाष = नाक
भोत्याहरु = भोटेहरु – मगर, गुरुंग, तामांग आदि
जमलोक पठाइदिया = यमलोक पठाइदियो, मारिदियो
(PS – यो नेसं 896 मा लेखिएको टिपोट हो, अर्थात 245 वर्ष अगाडि अर्थात येँ (कान्तिपुर) कब्जा गरेको 7 वर्षपछि ।
पृनाशाको आदेशमा 865 जनाको नाक ओँठ काटेको रहेछ – 12 वर्ष भन्दा माथि उमेरका । यसको मतलब बालबालिकालाई समेत पृनाशाले बाँकि नराखेको भन्ने थाहा हुन्छ ।
काटिएको नाक ओँठ जोख्दा 12 धार्नी, 1 सेर, 6 तोला निस्क्यो । सुन जोख्या जस्तो । कस्तो accuracy !!!
पछि किर्तिपुरबासि सबैको घर र किर्तिपुरको कोत (दरबार) मा आगो लगाई ध्वस्त पारेको पनि यसमा उल्लेख छ ।)
यो टिपोटको पानामा अन्तिम चार हरफहरु अरु कसैले लेखेको हुनुपर्छ hand writing फरक देखिन्छ र अरु नै विषय छ ।
मैले बुढझे अनुसार यी हरफहरु यहाँ सारिदिएको छु –
“इ राजाका पालामा रामकृष्ण कुवरले राजा वक्ताइ पसुपतिदेषी गुज्यस्वरिसम्म सिलाका बाटो बनाइदिया
इ बाटो वनाउदा प्रजाहरु सबै धर्मकाम हो भनि षेताला आइ
षाजा नषाइ ज्याला नली भागीजा”
– इ राजाको पालामा = पृनाशाको पालामा
– राजा बक्ताइ = राजाको आदेशमा (?)
– सिलाको बाटो = ढुँगा छापेको बाटो
– धर्मकोकाम हो भनी षेताला आइ = खेताला (ज्यामी) आए
– षाजा नषाइ ज्याला नली भागीजा = खाजा समेत खान नपाएको, ज्याला पनि नपाएकोले भागे ।
✍️ : प्रकाश मानन्धर।
मेराे भन्नू।
जब जब पृथ्वी जयन्ती आउँछ तब तब किर्तपूरबासि र नेवाःहरू उद्वेलित हुने गर्दछ,उवेला पृथ्वीनारायण शाहले साे राज्य बिजय पश्चात उनीबाट स्थानीयहरू माथि भएकाे भनिएकाे अन्याय (?) लाई लिएर। इतिहासमा र इतिहासविदहरूले यस विषयमा धरै नलेखिएकाे र नबाेलेकाे भए पनि यस घटनालाई पुर्ण रूपमा नकार्दैनन् पनि। त्यसकारण यस्ता दस्तावेज (?) हरू उपलब्ध छन् (?) भने इतिहासबिदहरूले त्यसलाई राम्ररी केलाएर,गहिरिएर अनुसन्धान गर्दै साे सम्बन्धि वास्तविकता के हाे भन्ने बारे प्रश्त्याउनु पर्छ। आवश्यक परे इतिहासको पुनर्लेखन पनि हुनुपर्छ ताकि यस्ता बिराेध सदाका लागि बन्द हाेस्। इतिहास जित्नेकाे मात्र हाेईन हार्नेकाे पनि लेखिनु पर्छ सत्य तथ्यमा टेकेर।
Discussion about this post