केर्खामा एकहप्ते सेनिटरी प्याड बनाउने तालिम सम्पन्न

बसन्त राज सुब्बा
झापा । झापा जिल्लाको केर्खामा उद्यमशिल महिलाजागरण केन्द्रको एक हप्ते सेनेटर प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

सीप सिकौ उद्यमी बनौ भन्ने मुल नाराकासाथ २०७४ सालमा स्थापित संस्थाले आजसम्म आईपुग्दा सामाजिक गतिविधि देखि बिबिध सिपमुलुक विभिन्न तालिमहरु दिदै आईरहेको छ। यसै क्रममा संस्थाले महिलाहरुको लागि एक हप्ताको तालीम दिइ सम्पन्न भएको हो ।
यो संस्थाले आफ्नो पालिका भित्र मात्र नभएर प्रदेश १ का अन्य विभिन्न ठाउँहरुमा पनि महिलाहरु लाई उद्यमशिलमा जागरुकता बनाउन सक्रिय हुदैआएको छ।

एवम प्रकारले उद्यमशिल महिलाजागरण केन्द्रले गएको पौष १८ गते केर्खा बजारस्थित आफ्नै सभाहलमा एक औपचारिक कार्यक्रम गरि हप्तादिने तालिमको उद्घाटन गरि पौष २४ गते बिधीगत ढंगमा हफ्तादिने सेनेटरी प्याड निर्माण तालिम समापन भव्यरुपमा सम्पन्न गरेको छ।
उक्त तालिमलाई टोवा परोपकारी संस्था,धापाखेल ललितपुरको आर्थिक अनुदानमा आयोजित महिलाहरुमा हुने महिनावरी हुँदा आवश्यक हुने पुन:प्रयोग हुने सेनेटरी प्याड निर्माण तथा स्वच्छ्ता सम्बन्धी एक हफ्ते तालिम दिई सम्पन्न भएको हो ।

समापन समारोह कार्यक्रमलाई प्रमुख अथिती कमल गाउॅपालिका उपाध्यक्ष प्रमिला तिवारी रहेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती प्रमिलाले आफ्नो भनाई राख्दै महिला दिदिबहिनीले जनचेतना र सीप तालिमको आवस्यकता रहेको भन्दै शिप सिकेर आत्मानिर्भर बन्नु पर्ने बताए ।
उनले उद्यमशिल महिला जागरण केन्द्र संस्थाले स्थानिय क्षेत्रमा धेरै शिपमुलक तालिम दिदै आईरहेको हुँदा कमल गाउँपालिका पनि संस्थाप्रती सकारात्मक रहेको धारणा व्यक्त गरे । स्थानीय सरकारबाट सेनेटरी प्याड पालिकाकोब्सातै वटा वडाहरुमा तालिम कार्यक्रम गर्न सहयोग गर्ने बताए । अझै नयाँ नयाँ शिपमुलक तालीम ल्याउदै महिलाहरुलाई सक्षम उद्यमशील बनाउनु पर्ने जोड दिदै तालीममा सहभागी सबैलाई शुभकामना दिए ।

विशेष अथितिहरु क्रमश: दमक इलाका प्रसाशन कार्यलय प्रमुख महेश तिम्सिना, कमल वडा न.६ का अध्यक्ष नरेन्द्र भट्टराई, पालिका सदस्य केशरा वर्देवा, महिला समावेशी शसक्तिकरण केन्द्र अध्यक्ष पुर्णिमा देवान, सामाजिक ब्याक्तित्व एवम मिडियाकर्मी बिरेन्द्र के याक्थुम्बाहरुले पनि शुभकामना मन्तव्य सहित महिलाहरुले राजस्व हुँदा आनिबार्य प्रयोग हुने सेनेटरी प्याड र उद्यमशिल महिला जागरण केन्द्रद्वारा गरिदै आएका बिबिध पक्षका कार्यक्रम विशेष उच्च प्रसंशाकासाथ आ-अफ्नो भनाई राखेका थिए।

तालिमका प्रशिक्षकको तर्फबाट तारा चौधरी र बबिता वाग्लेले पनि तालिम बारे आफ्ना अनुभवहरु राखेका थिए । कार्यक्रममा वालबालिका शाखा प्रमुख रिता कार्की सामाजिक व्यक्तित्व एम पत्रकार बसन्तराज सुब्बा र कमल वडा न.४ की जनप्रतिनिधी जमुना पोखरेल उपस्थित रहेका थिए।

सेनेटरी प्यार्ड प्रशिक्षक तारा चौधरी र प्रशिक्षण तालिम लिनुहुने जम्मा २० जना महिलाहरु स-सम्मान साथ प्रमाण-पत्र र अबिरजात्रा प्रमुख अतिथिति, सभापती बिशिस्ट अथितिहरुको हस्त-बाहुली बाट हस्तातरण गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित हुने सबै अथितिहरुलाई मायाको चिनो स्वरूप उत्पादित प्रशिक्षार्थीहरुले बुनेको शिपलाई सम्मान गर्दै सेनेटरी प्यार्ड सस्थाले प्रदान गरेको थियो ।

सस्थाकी सचिव नन्दा कुमारी लिम्बद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य झुमा सेडाई ले राखेकी थिईन, कार्याक्रमको अन्त्यमा सभाध्यक्ष सान्ता दाहालले उद्यमशिल महिलाजागरण केन्द्र केर्खाझापाले आयोजित सेनेटरी प्यार्ड निर्माण तालिम तथा स्वच्छ्ता सम्बन्धी सात दिने प्रशिक्ष/प्रशिक्षक कार्यक्रमलाई सहयोग गर्ने टोवा परोपकारी संस्था, धापाखेल ललितपुरलाई आर्थिक अनुदान सहयोगप्रती धन्यवाद दिदै अब लगतै २७ गते तालिम कार्यक्रमका लागि संख्वासभा जाने र अलीपछी शुदुर-पस्चिममा पनि एवम प्रकारको लागि जाने जानकारी गरौदै उपस्तिथि र सहयोगी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित