भारतीय नेपाली गोर्खा (सार्की) समाजका अध्यक्ष  कृष्ण बर्मेलाई नेपालमा भब्य स्वागत

नबिन रम्तेल
धरान ।लामो समयदेखि सार्की जातिको हकहितमा कार्यरत भारतीय नेपाली गोर्खा सार्की समाजका अध्यक्ष कृष्ण बर्मेलाई नेपालका मिजार संस्थाहरुले भब्य  स्वागत गरेको छ।नेपालको सुन्दर नगरी धरानमा  मिजार सेवा समाजले बर्मेको नेपाल भ्रमणको अवसर पारेर भेटघाट तथा चियापान कार्यक्रमको आयोजना सम्पन्न गरेको हो।मिजार जातिका सवालमा नेपालमा कृयाशिल संघसंस्थाहरुको सौहार्द्पूर्ण न्यानो माया कहिले नभुल्ने बताउदै भारतमा दार्जिलिङ ,खरसाङ्ग हुँदै भुटानसम्म ५५ लाख हाराहारीमा रहेका सार्की जातिहरु संगठित गर्न लागिपरेको बताए।मिजार सेवा समाज धरान,मिजार सेवा समाज सुनसरी जिल्ला समिति,मिजार एकता समाज मोरङ्ग र मिजार समुदाय महासंघ १ नं प्रदेश समितिका  पदाधिकारीहरुको उल्लेख्य उपस्थितिमा मिजार सेवा समाजका सुनसरी जिल्ला अध्यक्ष बिजय अछामी,मिजार समुदाय महासंघ प्रदेश कोषाध्यक्ष एवं दलित समन्वय समिति बेलबारी अध्यक्ष खगेन्द्र तोलाङ्गी,मिजार समुदाय महासंघ १ नं प्रदेश अध्यक्ष कृष्ण बिसुन्के लगायतले मिजार समुदायका  गतिविधि एवं धारणा प्रस्तुत  गरे।कार्यक्रमको समापनमा मिजार समाजका संरक्षक गोपाल मंग्रातीले दुई देश बिचका मिजार सार्कीहरु बिचमा सहकार्य र अनुभव आदानप्रदान भै रहनुपर्ने बताए।

धरानको पर्यटकीय क्षेत्र होटल भ्यु पईन्टमा सम्पन्न भेटघाट तथा चियापान कार्यक्रममा मिजार समुदाय महासंघ प्रदेश उपाध्यक्ष एवं मिजार सेवा समाजका संरक्षक धनबहादुर हमाल,मिजार सेवा समाज धरानका अध्यक्ष सुनिल तोलाङ्गी,मिजार समुदाय महासंघ प्रदेश सल्लाहकार एवं मिजार सेवा समाज सुनसरी कोषाध्यक्ष श्यामराज बिसुन्के,मिजार समुदाय महासंघ प्रदेश सचिव योगेश नेपाली,मिजार एकता समाज मोरङ्ग जिल्ला अध्यक्ष एवं मिजार समुदाय महासंघ प्रदेश सदस्य कुमार  बयलकोटी,मिजार सेवा समाज धरानका कोषाध्यक्ष अनन्तमान रम्तेल,सहसचिव सिता रम्तेल,सदस्य सुनिता उपरकोटी,सम्मानित ब्यक्तित्व ईन्द्रकुमार मुदेल लगायतको उपस्थिति रहेको थियो।
महासंघका महासचिव नबिन रम्तेलले कार्यक्रमको संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित