पब्लिक हाईस्कुलको वार्षिकोत्सब, रक्तदान कार्यक्रम १०६ पिन्ट रगत संकलन

धरान । धरान स्थित पब्लिक स्कुलको ७७ औ बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बुधबार भएको रक्तदान कार्यक्रममा १०६ पिन्ट रगत संकलन भएको कुरा पब्लिक स्कुलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राबिधिक सहयोग र ब्लड फर निडको समन्वयमा बिद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको थियो ।

भएको भएको बिद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिनुभयो।बिद्यार्थीहरुमा सहयोग, सदभाव र सामाजिक भावनाको बिकास गर्दै राष्ट्रको जिम्मेवार नागरिक बनाउने उद्येस्यले रक्तदानको आयोजना गरिएको कुरा प्रअ इन्द्रमोहन झाले जानकारी दिए । रक्तदान जीवन दान भएकाले रगतको अभावलाई थोरै भए पनि पूरा गर्न सहयोग पुग्ने अपेक्षा रहेको प्रअ झाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा-११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गरेको स्कुलले जानकारी दिए । यसपटकको रक्त संकलमा सोचेभन्दा बढि भएको बताए । शुरुमा ५० पिन्ट रगत संकलन हुने अपेक्षा गरिएको बताए । तर विद्यार्थीको रगत दिन योग्य भएपछि संख्या बढेको बताए । बिद्यालयका इन्चार्ज बिरेन्द्र बहादुर शाहले भने-`सोचे भन्दा राम्रो रगत संकलन भएको ।´

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित