धरान । १२३ औ धरान डे (धरान दिवस ) को अवसरमा धरानको भोटेपुलदेखि प्रवेशद्वार तिनकुनेसम्मको सडक दायाँबायाँ व्यापक सरसफाइ गरिएको छ ।
धरान डे पौष २० गते उद्घाटन हुने अघिल्लो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म व्यापक सरसफाइ गरिएका थिए । मेयर हर्क साङ्पाङ आफै खटेर सरसफाइ अभियान थालेको हो । त्यसैगरी उपमेयर आइन्द्र बेघा,वडा अध्यक्ष नरेश इवारम सहित वडा सदस्यहरु शसस्त्र प्रहरी जनपद प्रहरी नगर प्रहरी वडाबासी टोल विकास संस्था विभिन्न संघसंस्थाहरु लागेर सरसफाइ अभियानमा सहभागी भएका थिए ।
सरसफाइको क्रममा बिस्कुटक्क खोल,मिनेरल पानीको बोटल,चाउचाउको खोल,खैनि गुट्खा लगाय प्लास्टिकजन्य फोहोरहरु सहित संकलन गरेका थिए । सडकको दायाँबायाँ रहेको नालिमा रहेको फोहोर एक गाडि संकलन भएको थियो ।
सरसफाइ अभियानलाई समापन गर्दै मेयर साङ्पाङले विदेशमा गएर देखिएको कुरा मध्ये सबै अनुसरण गरिए पनि त्यहाँको सरसफाइको कुरालाई स्वदेशमा अनुसरण नगरेको बताए । धरान डे को अवसरमा गरिएको सरसफाइ जस्तै प्रत्येक बिहिवार लोकतान्त्रिक चोक आसपास साप्ताहिक रुपमा सरसफाइ भैरहेको बताए । सरसफाइ काम कर्मचारीको मात्र नभै प्रत्येकले गर्नुपर्ने बताए । मेयर साङ्पाङले २० गतेको उद्घाटन सत्र बिहान १०:३० बजे हुने जानकारी दिदै सबैलाई आ आफ्नो भेषभुषामा सहभागी हुन पनि आग्रह गरे ।
वडा अध्यक्ष नरेश इवारमले सडकको दायाँबायाँमा झाडि भएको भन्दै त्यो ७२ फिटे चार लेनको सडक नबढाएको अवस्थाले भएको बताए । नगरसभाले गरेको निर्णय अनुसार ७२ फिटे बाटोको चौडाई बढाउदा सबै झाडि नरहने प्रतिक्रिया दिए ।
१२३ औं धरान दिवस मनाउने क्रममा २० गते सार्वजनिक विदा दिएको छ । २० गतेदेखि २५ गतेसम्म पाँच दिने धरान दिवस पब्लिक स्कुलको खेल मैदानमा हुने भएको छ । सोहि कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको लागि निमन्त्रणा गर्दा न आउने भएपछि मेयर साङ्पाङ रुष्ट भै प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर कार्यकक्षबाट हटाएका थिए ।
Discussion about this post