धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानमाथि मोबाइल खोस्न हातपात गरेका भन्दै नेपाल पत्रकार महासंघ र अनलाइन मिडिया एसोसिएसनले कार्वाहीको माग गरेको छ ।
महासंघ र एसोसिएसनले प्रेस बिज्ञप्ति जारी गर्दै सदस्य भाटिलाई कार्वाहीको माग गरेको हो ।सोमबार धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे’ मेलाका लागि टेण्ट लगाउने क्रममा भाटिले दुव्र्यवहार गरेको पीडित प्रधानले जनाएको छ ।
प्रत्यक्षदर्शी राजिब हलवाईका अनुसार भाटिसंग टेन्ट पण्डाल स्टलको विषयमा झन्नै मुक्का हानाहानसम्मको अवस्था पुगेको बताए । त्यसरी भनाभन हुँदा रश्मि पनि नजिकै रहेको बताए । त्यहि कुराको भिडियो लिएको भन्दै भिडियो डिलिट गर्न दवाब दिएको हलवाईले बताए ।
घटनाबारे पत्रकार महासङ्घका सुनसरी जिल्ला सचिव ध्रुव ढकाललाई तत्काल फोनद्वारा जानकारी गराउँदै कार्यपालिका सदस्य जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको उद्दण्ड व्यवहारको लागि उचित कारबाही गर्न माग गरेको छ । सचिव ढकालले घटना बारे इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीमा तत्काल मौखिक उजुरी दिइएको जनाएको छ ।
Discussion about this post