धरान । साम्प्रदायिक हिंसा भड्काएको आरोपमा पक्राउ गरेका उमा चाम्लिङलाई हिरासतमा अमानवीय ब्याबहार गरेको खुलासा भएको छ ।
सिक्किमबाट हिजै रिहाई गरि नेपाल पठाएका उमा चाम्लिङ धरान आएपछि उनले यस्तो खुलासा गरेको हो । उमा चाम्लिङ धरान आईपुगेपछि पहिचानका लागि युवाबाट खादा लगाएर स्वागत गरेका थिए । उनले हिरासतमा रहँदा प्रहरीले अमानवीय ब्याबहार गरेको बताए । शारीरिक यातना नदिए पनि चिसोबाट बच्नको लागि भनेर आफन्तले पठाएको न्यानो लुगा समेत लगाउन नदिएको दुखेसो पोखे । चिसोमा हात गोजिमा समेत हाल्न नदिइ अमानवीय व्याबहार गरेको धरानमा बताए । उनले भने – ` पन्जा मोजा लगाउन दिने त कुरै भएन हात गोजिमा राख्दा पनि प्रहरीले हप्काएको बताए ।´आफु तिन दिनसम्म रोएको बताए । सिक्किमको सबै नराम्रो नभएको भन्दै तर केहिले नराम्रो ब्याबहार गरेको दुख पोखे । हत्यारा लगायत अपराधीलाई जस्तै खान सुत्न राम्रोसँग नदिएको दुखेसो पोखे ।
पक्राउ गरेपछि आफन्तलाई फोन गर्छु भन्दा समेत गर्न नदिएको गुनासो गरे । त्यसैगरी रिहाईगरि फर्काउदा समेत कसैलाई जानकारी सूचना नदिएको भन्दै उनको लुगाकपडा समेत साथमा ल्याउन नदिएको बताए । सिक्किमको साकेला कस्तो होला भन्ने जान्नको लागि सबैलाई आह्वान गरेको भन्दै त्यहाँको राजनीतिक दलको नाम त्यसको फुलफर्म समेत आफुलाई थाहा नभएको बताए । तर पवन चाम्लिङको कामबाट आफु प्रभावित भएर फोटो खिचेको भन्दै फोटो खिच्दैमा त्यस्तो हुने भए नेपालमा र धरानमा मेयर हर्क साङ्पाङसंग कसैले फोटो खिच्दा तेस्तै नहुने दाबि गरे ।
उनले आफ्नै जाति राईबाट नै दुव्र्यवहार भएको बताए । उनले नेपालीलाई हेर्ने दृष्टिकोण छुट्टै रहेको बताए । आफुले जे सोचेको थिए त्यो नरहेको दुखेसो पोखे । उनले नराम्रो सन्देश नदिन समेत आग्रह गरेको बताए । तर आफुलाई अतिनै गुनासो र दुख लागेको बताए । भोइस अफ नेपालमा सहभागी भएका यस अघि र हालका प्रतियोगीलाई जसरी सपोर्ट भैरहेको छ अहिलेको सहभागीलाई उति नै सपोर्ट गरिरहेको दाबि गरे । तर सिक्किममा त्यस्तो नभएको गुनासो गरे ।
उमा चाम्लिङले आफुलाई जस्तै अरु पर्यटकलाई त्यस्तै दुव्र्यवहार नगर्न सुझाब दिए । नेपालमा आउने पर्यटकलाई पनि तेस्तो खालको दुव्र्यवहार नगर्न पनि सुझाव दिए ।
उमा चाम्लिङ नेपालको आफ्नै गाउँबाट गत मंसिरको अन्तिममा धरानमा मेयर हर्क साङ्पाङ्को श्रमदान अभियानमा सहभागी भएका थिए । उनले श्रमदानकोबेला आफु सिक्किम घुम्न जान लागेको भनेर जानकारी दिएका थिए । सिक्किम रहँदा त्यहाँका बिभिन्न स्थानमा पुगेर नाच्दै गाउदै भिडियो बनाएर सामाजिक संजालमा हाल्दै आएका थिए । राई लिम्बु सहित किरात समुदायको उधौलि धुमधाम भैरहँदा सिक्किममा डिसेम्बर ३० तारीखमा हुने साकेन्वामा सहभागी हुने निम्तो भएपछि उनले सबैलाई सामाजिक संजालबाट आह्वान गरेका थिए । त्यस अघि उनले पवन चाम्लिङसंग भेट गरेर संगै खिचेको फोटो पोस्ट गरेका थिए ।
Discussion about this post