निमा पोङ्स्युवा
शिङ्सा क्षेत्र ( संखुवासभा ) संखुवासभा जिल्लाको उत्तरी छिमेकी देश चीनसंग जोडिएको शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकामा विद्यार्थीको संख्या घट्दै गएको छ ।
अध्ययन सर्वेक्षणले सार्वजनिक गरेको एउटा तथ्यांकले भोटखोला गाउँपालिका वडा नम्बर २ तत्कालीन चेपुवा गाबिसमा रहेको सरकारी बिद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । सर्वेक्षणले सार्वजनिक गरेको वडा नम्बर २ को गुठिगुम्बाको गंगालाल आधारभुत सामुदायिक विद्यालयमा हाल विद्यार्थी संख्या नै नरहेको देखाएको छ । त्यसैगरी सोहि वडाको थुदाम गाउँमा रहेको दुध पोखरी आधारभुत विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेको देखाएको छ । छुमसुर गाउँको बुद्ध आधारभुत विद्यालयमा दुईजना मात्र विद्यार्थी रहेको उल्लेख छ ।
ज्योति आधारभुत विद्यालय रिदाकमा ८ जना विद्यार्थी रहेका छन । रुकुमाको माक्पालुङ आधारभुत विद्यालयमा १९ जना विद्यार्थी संख्या छन । शान्ति आधारभुत विद्यालय चेपुवामा ३२ जना र कर्मज्यामु अरुणोदय आधारभुत विद्यालयमा हाल ४५ जना विद्यार्थी रहेको तथ्यांक सार्वजनिक भएको छ । वडा नम्बर २ मै रहेको अरुणोदय माबि लिङ्गममा २४५ जना विद्यार्थी अध्ययनरत रहेका छन ।
भोटखोला गाउँपालिका भित्र २ मा बि, ६ वटा निमाबि, १२ वटा आधारभुत विद्यालय र ३ वटा बाल बिकास केन्द्र रहेको कुरा पालिकाका अध्यक्ष वाङछेदर लामाले जानकारी दिए । निजि स्तरबाट वडा नम्बर २ लिङ्गममा एउटा विद्यालय संचालनमा छ । रिचिङ हिमालयनको आर्थिक सहयोगमा भएकोले पुर्ण निशुल्क रहेको कुरा फाउडर पेम्बानुर्पुले जानकारी दिए । हाल सो स्कुलमा ४७ जना विद्यार्थी रहेका छन । जहाँ थुदामबाट ६ जना अध्ययनरत रहेको पेम्बानुर्पुले जानकारी दिए ।
पालिका अध्यक्ष वाङले गाउँमा विद्यार्थी नरहेको शिक्षकलाई बढि विद्यार्थी रहेको वडा नम्बर ४,५ मा काजमा खटाउने बताए । विद्यार्थीको संख्या वडा नम्बर २ मा मात्र नभई अन्य वडामा पनि घट्दो रहेको जानकारी अध्यक्षले दिए । हटियामा भने सदरमुकाम खाँदबारीबाट फर्काएर स्थानीयमा पढाईरहेको जानकारी दिए । पठनपाठन पनि सुधार भएको दाबि गरे । अध्यक्षले आर्थिकसंग जोड्दै मजबुत अर्थ हुँदा छोराछोरी स्थानान्तर गरेर पढाउने गरेको पनि खुलासा गरे । विद्यार्थी घट्नुमा राम्रो स्कुलमा पढाउनुपर्छ भन्ने चेतनाले पनि अन्यत्र लाने गरेको बताए । सिमा नजिक किमाथांका नाका कोरोनामा बन्द भएपछि हालसम्म नखुल्दा झनै प्रभाव परेको उनले बताए ।
किमाथांका १ वडा अध्यक्ष नुर्पु च्यावाले त्यहाँको स्कुलमा हाल ३५ जना विद्यार्थी रहेको जानकारी दिए । कोरोनाको कारण नाकाबन्दी भएपछि हालसम्म नखुल्दा आधा विद्यार्थी घटेको जानकारी दिए । पाँच कक्षासम्म पढाई हुने किमाथांकामा नाका अझै लम्बिए थप घट्नसक्ने कुरा वडा अध्यक्ष नुर्पुले बताए ।
अरुणोदय माबिका प्रधानाध्यापक छिरिङ्तेम्बाले २९४ जना अध्ययनरत रहेको जानकारी दिए । उनले पनि विद्यार्थीसंख्या चिन्ताजनक रहेको बताए । छिरिङले अव आवासीय स्कुल बनाउने योजना रहेको बताए । आधारभुत विद्यालयमा विद्यार्थी घट्दोको प्रभाव माबि परेको बताए ।
अरुण टप इङ्लिस स्कुलका फाउन्डर पेम्बानुर्पुले पाँच वर्षमा गुठिगुम्बामा गाउँ नै शुन्य हुने चिन्ताजनक कुरा खुलासा गरे । पछिल्लो समयमा चेपुवामा ( थाङमुछि) तिब्र रुपमा युवाहरु गाउँबाट पलायन भैरहेको भन्दै अहिले वृद्धवृद्धा मात्र रहेको जानकारी । उनले यस हिसाबले हो भने चेपुवा (थाङमुछि) पनि सुनसान हुनसक्ने बताए । केहि प्रोजेक्टका कारण च्याम्ताङमा मात्र युवाहरु अडिएको दाबि गरे । रोजगारको सिलसिलाकै कारण गाउँ छोड्ने भएपछि बच्चा पाउने छैन विद्यार्थी हुने कुरै भएन पेम्बानुर्पुले भने ।
हिमशिखर आधारभुत विद्यालय नामुछिका प्रधानाध्यापक लादर नुप्पाले विद्यार्थी संख्या घट्नुमा अंग्रेजी शिक्षाको मोह पनि रहेको बताए । सामुदायिक विद्यालयको शिक्षकहरु आफ्ना छोराछोरी सुबिधायुक्त प्राईभेट स्कुलमा पढाउने भएर पनि पठनपाठनमा निराशा भएको भन्ने आरोप जिज्ञासामा केहि हदसम्म त्यो पनि भएको बताए । उनले पनि आर्थिक मजबुत भएको कारण पनि अन्यत्र पढाउन छोराछोरी लाने गरेको जानकारी दिए । प्रअ लादर भन्छ स्थानीयको यस्तो कुरालाई परिपुर्ति गर्ने हो भने विद्यार्थी आकर्षित हुने बताए । पछिल्लो समयमा पालिकाले मातृभाषामा पाठ्यक्रम बनाउने कुरा मातृभाषा पढाउदा कस्तो होला त भन्ने जिज्ञासामा यस्तो अवस्थामा उत्साहित नै हुने बिचार जनाए ।
नेपालका जुनसुकै स्थानमा पनि पछिल्लो समयमा आएर रोजगार,सुविधायुक्त स्थल,अङ्ग्रेजी शिक्षा मोह,शिक्षकले आफ्ना छोराछोरी प्राईभेट विद्यालयमा पढाउने भएका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको समाचार तथ्यांक सार्वजनिक भैरहेको छ ।
भोटखोला शिङ्सा क्षेत्रमा युवाहरु रोजगार ब्यापारको सिलसिलामा काठमाडौ,धरान,झापा,दार्जिलिङ हुदै वैदेशिक रोजगार समेत लागिपरेकाले पनि तेतै बैबाहिक सम्बन्ध सहित बसाई गर्न थालेपछि जनसंख्या वृद्धिमा कमि देखिएको हो । चीन आसपास सिमा नजिकका गाउँहरु किमाथांका,रिदाक,थुदाममा भने कोरोनाकालमा चिनले नाकाबन्दी गरेपछि हालसम्म नाका नखुलाउदा खाँदबारी काठमाडौ बसाइँ तथा उतै छोराछोरी पठनपाठन गराउन थालेपछि गाउँमा विद्यार्थीको संख्या घटेको हो ।
Discussion about this post