धरान । नेपालका भ्लगर चर्चित उमा चाम्लिङ राईलाई हिंसा भड्काएको आरोपमा सिक्किमको प्रहरीद्वारा पक्राउ गरिएको छ ।
सिक्किम क्रोनिकलले उमा चाम्लिङलाई पक्राउ गरिएको पुष्टि गर्दै समाचार सार्वजनिक भएको छ । सिक्किम क्रोनिकलले जनाए अनुसार उमा चाम्लिङले साम्प्रदायिक हिंसा भड्काएको आरोप लागेको उल्लेख छ । उनलाई सिक्किम सरकार सदर प्रहरीले पक्राउ गरिएको जनाएको छ । पक्राउ गरिएका उमा चाम्लिङलाई राईलाई आईपीसीको धारा १५३ ए/१५३बी/५०५(१)/५०५(२) अन्तर्गत मुद्दा दर्ता गरिएको उल्लेख छ । उनलाई आज अदालतमा पेश गरी पाँच दिनको प्रहरी हिरासतमा राखिएको पनि क्रोनिकलले जनाएको छ ।
उमा चाम्लिङलाई पक्राउ भएको सार्वजनिक भएपछि सामाजिक संजालमा बिरोध भएको छ । हेभेन्लि पाथका भक्त कुमार राई विरुद्ध समेत बिरोध भएको छ । बिरोधमा नेपालबाट सिक्किम घुम्न जानलाई सुरक्षित नभएको भनेर सामाजिक संजालमा फ़ैलिने भन्ने पनि जनाएको छ ।
उमा चाम्लिङ चाम्लिङ केहि हप्ता अघि नेपालको आफ्नो गाउँबाट मेयर हरक साङ्पाङको श्रमदानमा समेत आएका थिए । त्यहि समयमा उनि सिक्किम घुम्न जाने पनि खुलासा गरेका थिए । उमा चाम्लिङ सिक्किम पुगेर लामो बसाइँसंगै सिक्किमको पर्यटकीय स्थलमा पुगेर नाचगान गर्दै सामाजिक संजालमा लगाएर व्यापक प्रचारप्रसार गर्दै आईरहेका थिए ।
Discussion about this post