प्रधानमन्त्री राष्ट्रपतिको फोटो नराख्ने भएपछि कार्यपालिका बैठक स्थगित,उपमेयरद्वारा क्षमा याचना

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । धरान उपमहानगरपालिका कार्यपालिका बैठक प्रधानमन्त्री राष्ट्रपतिको फोटो नराख्ने अडान लिएपछि स्थगित भएको छ ।

शुक्रबार धरानको कार्यपालिका बैठक बोलाएपछि एजेन्डा प्रवेश गर्नुअघि नै हटाएको फोटोको विषय प्रवेश भएका थिए । कार्यपालिका सदस्यहरुले हिजो मात्र मेयर हर्क साङ्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो आफ्नो कार्यकक्षबाट हटाएका थिए । बैठक शुरु भएपछि एजेन्डा प्रवेश गर्नुअघि फोटोको विषयमा कुरा अगाडि बढेका थिए । कार्यपालिका सदस्यले प्रधानमन्त्री राष्ट्रपतिको हटाएको फोटो राख्न आग्रह गरेपछि तत्काललाई फोटो नराख्ने मेयर साङ्पाङको अडानपछि बैठक अवरुद्ध भएको हो । कार्यपालिका सदस्यहरुले हटाएको फोटो राख्न भन्ने आग्रह र मेयरले तत्काल नराख्ने अडानले अन्ततः कार्यपालिका बैठक स्थगित हुनपुगेको छ ।

उपमेयरको दुख प्रकट
मेयरले आफ्नो कार्यकक्षमा रहेको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएकोप्रति दुख व्यक्त गरेको छ । उपमेयर आइन्द्र बेघाले प्रेस बिज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेको हो । बिज्ञप्तिमा धरान उपमहानगरपालिकाका नगर प्रमुख ज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री ज्यूको फोटोहरु हटाएको विषयले दुःखी बनाएको छ उल्लेख छ ।उपमेयर बेघाले भेको छ जसबाट सम्माननीय माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्दछु ।

तस्बिर : बिज्ञान राई

उपमेयरको बिज्ञप्तिको पुर्ण अंश:

                    प्रेस विज्ञप्ति

आदरणीय धरानबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख ज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री ज्यूको फोटोहरु हटाएको विषयले दुःखी बनाएको छ, जसबाट सम्माननीय माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्दछु । नेपालको संविधान-२०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सिमा र घेरा भित्रि रहि तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारी सम्मानित र मर्यादित बनाउन हामी सबैको दायित्व र जिम्मेवारी हो। संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने साथै यस व्यवस्थाको सबै मूल्य र मान्यतालाई विधि सम्मत ढंगले आत्मसाथ गर्दै कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी हाम्रो हो । यहि व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र संघिय लोकतान्त्रिक व्यवस्था प्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो, व्यवस्थाको विरोध गर्नु हो। त्यसकारण संविधानको पालना कर्ता र कार्यान्वयन कर्ता सबै भन्दा जिम्मेवार हुनु पर्दछ ।

अन्त्यमा, नगर प्रमुख ज्यूले जिम्मेवार भई सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह गर्दछु। व्यक्तिगत र एकल ढंगले होइन सामुहिक तरिका र आधिकारिकताले मात्रै जिम्मेवारीको ओज र गरिमा कायम राखेर परिणाम निकाल्ने कुरा समेत अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित