धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले आफ्नो कार्यकक्षमा रहेको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाइएकोमा धरानका पाँच राजनीतिक दलले आपत्ति जनाएको छ ।
नेकपा एमाले नेपाली काङ्ग्रेस जसपा नेकपा माओवादी केन्द्र नेकपा समाजवादीले प्रेस बिज्ञप्ति जारी गर्दै तस्बिर हटाएकोमा आपत्ति जनाएको छ । बिज्ञप्तिमा धरान उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भित्तामा राखिएको राष्ट्र प्रमुख/राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रिको तस्वीर हटाएको प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ उल्लेख छ । धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर रुपमा अराजकता, मनोमानी र उदण्डता प्रस्तुत गर्दै उपमहानगर प्रमुख अगाडी बढेको आरोप छ ।
धरानका उपमहानगर प्रमुखको सामाजिक सञ्जालको प्रस्तुती र गतिविधिले निरङकुश र उदण्ड शैली मार्फत हिटलरको बाटोमा हिड्न खोजेको ठहर गरेको छ । सुन्दर, शान्त, सभ्य र शिक्षित शहरको रुपमा विकसित हुदै गइरहेको धरान उपमहानगरपालिकालाई हास्य र लज्जाको शहरको रुपमा परिणत नगर्न हामी धरान उपमहानगरपालिकाको नेतृत्वलाई सचेत गराएको छ । संविधान र राष्ट्र प्रति सोही प्रकृयाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख/राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रिको तस्वीर यथास्थानमा राख्न पनि जोडदार माग गरेको छ ।
Discussion about this post