मेयर साङ्पाङ उग्र बन्दै,राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाउने चेतावनी

धरान । सामाजिक संजालमा कृयाशिल रहेका हर्क साङ्पाङ उग्र बन्दै गएको छ । उनले पछिल्लो स्टाटसमा राष्ट्रपति र प्रधान मन्त्रीको फोटो नै हटाउने चेतावनी दिएको छ । स्टाटसमा फोटो हटाउने चेतावनी दिदै त्यसको सट्टा यलम्बरको फोटो राख्ने चेतावनी दिएको छ । धरानलाई महत्व नदिएको आक्रोश पोख्दै यसरी स्टाटस लेखिएको हो । उनले लेखेको छ, – `भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !´

यसअघि अर्को स्टाटसमा पनि यस्तै चेतावनी दिएका थिए । जसमा लेखेको छ – `प्रधान मन्त्री ज्युले धरानलाई माया गर्छन् गर्दैनन् हेर्छु यस पालि ! मेरो अफिसको भित्तामा राखेको फोटो फालेर यलम्बरको फोटो राख्न नपरोस् ! कुरा यति !´

त्यसैगरी धरानलाई विकासमा नहेरेको भन्दै संघीयता अनुसार स्वायत्ततामा समेत जाने चेतावनी दिएको छ । उनले स्वतन्त्र राज्य बनाउनेसम्म्को चेतावनी दिएको छ । लेखिएको छ – `धरानलाई कि त बिकास देऊ नत्र स्वयत्तता देऊ ! स्वयत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित