धरानमा चासोक शुरु, कोशी नाम खारेजीसंगै सांस्कृतिक आन्दोलन (भिडियो सहित )

 

धरान । आदिवासी लिम्बु याक्थुङ समुदायको उधौली चाड चासोक तङ्नाम कोशी नाम खारेजी सहितको सांस्कृतिक आन्दोलन सहित आजदेखि शुरु भएको छ ।

किरात याक्थुङ चिम्लुङ धरान उपमहानगर समितिको आयोजनामा पाँच दिने चासोक तंङ्नाम धरान १५ चुम्लुङ हिममा शुरु हुने कुरा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो । आज पहिलो दिन सामुहिक एकराते तङ्सिङ पुजा अनुष्ठान गरेर शुरूवात हुने कुरा पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

औपचारिक रुपमा मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको प्रमुख आतिथ्यमा उद्घाटन हुने कुरा पनि सम्मेलनमा जानकारी दिएको हो । यसै सन्दर्भमा यो सालको चासोक तङ्नामलाई कोशी प्रदेश नामाङ्कनको विरोधको रुपमा पनि लिए‌का खुलासा गरे । सम्मेलनमा भने- `हामीले हर्षोलासका साथ चासोक मनाउदै छौं, तर मन र मुटुभरी कोशी प्रदेश नामाङ्कनको खारेज गर्दै पुन नामाङ्कन हुनुपर्ने आन्दोलनको रुपमा लिएका छौं।´

पाँच दिने चासोक तङ्नाम कार्यक्रममा पहिलो दिन तङसिङ अनुष्ठान हुनेछ । दोस्रो दिन औपचारिक उद्घाटन सिरिजंगाको शालिकमा माल्यार्पण रहेको छ । तेस्रो दिन केलाङ प्रदर्शनी यलाङ पालाम सांस्कृतिक कार्यक्रम रहेको छ । चौथो दिन याक्थुङजन्य खेलहरु हाक्पारे गायन रहेको छ । पाँचौ दिन नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाको सांस्कृतिक प्रदर्शनिसंगै समापन हुने जनाएको छ । समापनका प्रमुख अतिथिमा धरान उपमहानगरका उप मेयर आइन्द्र बेघाको प्रमुख आतिथ्यमा हुने जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित