एम्पिक इनर्जि प्रा.लि.लाई गतिविधि नगर्न अनुमति नदिन भोटखोला गाउँ पालिकाको निर्णय

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

भोटखोला ( संखुवासभा ) । बरुण खोला धार्मिक स्थल रहेको भन्दै एम्पीक इनर्जि प्रा.लि.लाई जलविद्युत सम्बन्धि गतिविधि नगर्न र अनुमति नदिन भोटखोला गाउँ पालिकाले निर्णयसंगै मन्त्रालयमा पत्राचार  गरेको छ ।

भोटखोला गाउँपालिकाले गरेको निर्णय सार्वजनिक गर्दै पालिकाले १३ औं कार्यपालिका बैठकले निर्णय नं. १२ मा एम्पिक इनर्जी प्रालिलाई हाईड्रोसंग सम्बन्धित गतिविधि गर्न नदिन र अनुमति नदिन उर्जा तथा जलस्रोत मन्त्रालयलाई पत्राचार गरिएको छ ।

पालिकाले गरेको निर्णयलाई मन्त्रालयमा पत्राचार गरेर गतिविधिमा रोक लगाई बिद्युत उत्पादन अनुमति प्रदान नगरिदिन पनि उल्लेख गरिएको छ । पत्रमा भोटखोला गाँउपालिकाको वडा नं. ४ स्थित रहेको पवित्र बरुण नदि धार्मिक र सांस्कृतिक आस्थाले सम्पदाको रुपमा चिरपरिचित नदि भएको दाबि छ ।

बरुण नदिको उद्गम थलो मकालु हिमालको काखमा अवस्थित दुध पोखरी हो भने शिवधाराको पवित्र पानी पनि यसै नदिमा याङले भन्ने स्थानमा समिश्रण हुने जनाएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्थाको धरोहर यस नदिमा बार्षिक रुपमा माघीमेला लाग्ने, स्नान गर्ने र प्रकृतिको पुजा गर्ने परम्परा रहदै आए‌को जनाएको छ ।
पत्रमा पवित्र बरुण नदिमा एम्पीक इनर्जी प्रा.लि. ले कम्पनीको नाममा नदि दर्ता गर्ने र विद्युत उत्पादनको प्रकृयालाई अगाडी बढाईरहेको सुचना प्राप्त भएकोले भोटखोला गाँउपालिकाको बुद्धिजिवि, राजनैतिक दलका प्रतिनिधिहरु र धार्मिक आस्था राख्ने हिन्दु तथा बौद्धधर्मावलम्वीहरुको माग अनुसार बरुण नदिलाई पवित्र धार्मीक आस्था र सांस्कृतिक सम्पदाको रुपमा राखी एम्पीक इनजी प्रा.लि. वा अन्य कुनै पनि हाइड्रो सँग सम्बन्धित गतिविधिहरु रोक लगाई बिद्युत उत्पादन अनुमति प्रदान नगर्ने निष्कर्षमा पुगेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित