सुनसरी । सुनसरी जिल्ला अदालतले फैसला गरेको तर फरारको सुचिमा रहेका विभिन्न मुद्दाका ब्यक्तिहरु ३० जनालाई पक्राउ गरिएका छन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतका फैसला कार्यन्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी ईकाईहरूवाट समेत परिचालन गरिएका प्रहरी अधिकृतको टोलीले विभिन्न मुद्धामा फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ भएका ३० जनाको सार्वजनिक भएका सुची यहि मिति २०८० मंसिर १ गतेदेखि पौष ६ गतेसम्म विभिन्न स्थानहरूवाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ भएका सबैलाई गरी जिल्ला अदालत पठाई फैसला कार्यान्वयनको लागि तोकिए वमोजिमको कारवाही भएको जनाएको छ ।
पक्राउ परिएकाहरुमा लागुऔषध,जबर्जस्ती करणी,सवारी ज्यान,लेनदेन,कुटपिट लगायत रहेका छन । त्यसैगरी कैद भुक्तान गर्न बाँकि रहेका ४ दिनदेखि ९ वर्षसम्म रहेका ब्यक्तिहरु रहेका छन । कैद भुक्तान बाँकि मात्र नभै जरिवाना समेत बुझाउन बाँकि रहेको सुचिमा उल्लेख छ्न । जरिवाना तिर्नको लागि चार सय रुपैयादेखि ४ लाख ६५ हजारसम्म रहेको कुरा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए । फरार रहेका सुनसरी जिल्लाका विभिन्न ईलाका प्रहरी कार्यालयबाट मुद्दा चलाएका थिए ।
Discussion about this post