धरानमा समाजवादी मोर्चा घोषणा गर्‍यो(भिडियो सहित )

 

धरान । सत्ता भित्र र्व्हेको र बाहिर रहेको चार राजनीतिक दलको मोर्चा समाजवादी मोर्चा धरान नगर समिति घोषणा भएको छ ।

उद्योग वाणिज्य संघ सुनसरीको भवनमा शनिबार पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए । घोषणा सभामा नेकपा माओवादी केन्द्र,नेकपा बिप्लप समुह,नेकपा एस र जसपाका नगर समितिका अध्यक्ष र सचीव दुई दुई जना रहनेगरि मोर्चा नगर गठन भै घोषणा भएको छ । प्रमुख अतिथि बलदेवले चार राजनीतिक दलबाट नेकपा माओवादीबाट सम्फर तामाङ र सर्वजीत राई,जसपाबाट ताजुप लिम्बु शम्भु राई,नेकपा एकीकृतबाट रेवति राई र खेमप्रसाद दाहाल र नेपाल कम्युनिस्ट पार्टी बिप्लप समुहबाट मोहन सि र परिवा सि रहेका छन ।

बलदेवले घोषणा सभामा प्रदेश १ को नाम राख्नुमा नेकपा माओवादी गलती भएको स्वीकार गरे । त्यसलाई सच्याएर जानुपर्नेमा पार्टी प्रतिबद्ध रहेको बताए । प्रचण्ड सरकारले अव अध्यादेश ल्याएर जनताले सरकारको कामको आभास पाउनेगरीको परिणाम दिने बताए । उनले पार्टीको १३ राज्य हुनुपर्ने भएको भन्दै ७ प्रदेशले महंगो खर्चालु नभएको बताए । संघीयताको उदाहरण भारतमा नै देख्न सकिने भन्दै त्यहाँको सांसद जत्तिको सुबिधा नेपालका सांसदलाई नभएको बताए । माओवादीले तत्कालीन अवस्थामा जिल्ला र सिडियो हुननहुने प्रस्ताव गर्दा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले र नेपाली काङ्ग्रेस नमानेको दाबि गरे । उनले नेपालमा संघीयता महंगोको कुरा निकाल्दै अव नेपालमा कुनै हालतमा राजतन्त्र नफर्किने बताए । लेखेर राख्न ठोकुवा गर्दै अठारौं शताब्दी हुदै राजतन्त्र उन्मुलन हुँदा कहिकतै फर्किएको इतिहास नभएको दाबि गरे ।

घोषणा सभामा पुर्व मुख्य मन्त्री राजेन्द्र राई अजम्बर काङ्माङ,भिम राई, परशुराम बस्नेत लगायतको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित