प्रदेश १ । एमालेको संकल्प यात्राको क्रममा धनकुटा लेगुवामा केपि ओलिलाई थप्पड हान्ने महेश राई र अर्का आन्दोलनकारी बुलेट राईको बिनासर्त रिहाईको माग गरिएको छ ।
प्रदेश १ पुनः नामंकन संयुक्त संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै रिहाईको माग गरिएको छ । दुबैजनालाई बिनासर्त रिहाईको माग गरेको छ । रिहाई नगरेको खण्डमा शसक्त आन्दोलन चेतावनीसमेत बिज्ञप्तिमा दिएको छ ।
संकल्प यात्राको क्रममा प्रदेश १ का नागरिकलाई आतंककारी भनेको भन्दै केपि ओलि विरुद्ध कालो झण्डा देखाउने अवरोध गर्ने गरेका थिए । त्यसैगरी महेस बस्नेतले प्रदेश १ बाउको बिर्ता भन्ने कुरा सहित पहिचान बिरोधि योगेश भट्टराई विरुद्ध निरन्तर बिरोध प्रदर्सन भैरहेको छ । सोहि क्रममा धनकुटा जिल्लाको लेगुवामा महेश राईले केपि ओलिलाई थप्पड हानेका थिए । सामाजिक संजालमा सो भिडियो भाइरल भएको थियो । केपि ओलिको चश्मा नै झरेका थिए ।
सोहि घटनामा महेश राईलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको छ । महेश राईलाई भेट्न राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केपि पालुङ्बा सहितको समुह भेट्न पुगेका थिए ।
Discussion about this post