काठमाडौ । जताततै भ्रष्टाचारले धरासयी बनाईरहेकोबेला सुदन किरातीले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आम्दानी दोब्बर भन्दा बढि भएको सार्वजनिक भएको छ ।
मन्त्रालयका प्रवक्ता रमेश पौडेलद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा मन्त्रालयको आम्दानी दोब्बर भन्दा बढि भएको जानकारी दिएको छ । जारी प्रेस बिज्ञप्तिमा नेपाल बायु सेवा निगमको आम्दानी बिगत तीन वर्षमा १४४ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
प्रेस बिज्ञप्तिमा भनिएको छ,-`नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बर भन्दा बढीले वृद्धि भएको छ । महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.ब २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो । आ.व २०७८/७९ मा रु.१६ अर्व ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ। त्यसैगरी आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ। यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४% ले वृद्धि गरेको छ, उल्लेख छ।´
विगत आठ बर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ बटा जहाज उडानमा रहेका छन् । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धी हासिल गर्न सफल भएको दाबि छ । यसले निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ भनिएको छ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पयर्याप्त मात्रामा जहाजको कमि रहेको भन्दै यस तर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको जनाएको छ ।
Discussion about this post