घाईते छाडी फरार मोटरसाइकल र चालक पक्राउ

सुनसरी । मोटरसाइकलले ठक्कर दिइ घाइते बनाई फरार रहेका मोटरसाइकल र चालक पक्राउ भएको छ । घाइतेको सनाखत हुन बाँकि रहेको छ ।

यहि मंसिर १९ गते साँझ करिब ७ बजेको समयमा सुनसरी कोशी गाउँपालिका वडा नं. ३ जमुवा स्थित पूर्व पश्चिम राजमार्ग सडक किनारमा हालसम्म अपरिचित व्यक्तिलाई घाइते बनाएका थिए । नामथर, वतन नखुलेको वर्ष अन्दाजी ५०/५५ उमेर पुगेको जस्तो देखिने पुरूष व्यक्ति घाईते अबस्थामा फेला पारेका थिए । तत्कालै उपचारर्थ जिल्ला अस्पताल ईनरूवा पठाईएकोमा निज घाइतेको उपचारको क्रममा करिब साँझ ८ (आठ) बजे मृत्य भएको कुरा प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।

उक्त घटनाको छानवीन, अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीवाट प्र.ना.उ. नविन कृष्ण भण्डारीको कमाण्डमा समिति गठन भएको थियो ।प्रहरीका अनुसार मृतकको नामथर, ठेगाना पहिचानको लागि विभिन्न माध्यमवाट पत्राचार एंव Website मा समेत हुलिया सहितको विवरण राखिएकोमा हालसम्म सनाखत हुन नसकेको जानकारी दिए ।

गठित समितिवाट घटनाको बारेमा सुक्ष्म ढंगबाट विभिन्न तौरतरीका अपनाई अनुसन्धान गर्दै जाँदा जिल्ला सुनसरी कोशी गा.पा. ४ बस्ने बर्ष ४० को पशुपति खेरवारले चलाएको मोटरसाइकलले ठक्कर दिंदा निज व्यक्ति घाईते भएको पत्ता लगाएको प्रहरीले दाबि गरेको छ । निज व्यक्तिलाई खोजतलास गर्दै जाँदा सुनसरी कोशी गा.पा. ८ मा लुकिछिपी बसेको अवस्थामा र ठक्कर दिने प्र. १-०२-०४५ प. ९९२७ नम्बरको मोटरसाइकल जिल्ला सुनसरी कोशी गा.पा वडा नं. ६ श्रीपुरजब्दीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारीएको जनाएको छ । भण्डारीको कमाण्डमा गएको टोलीले कानून बमोजिम पक्राउ एंव बरामद गरी यस कार्यालयमा दाखिला गरेको जानकारी दिए ।

घटनामा संलग्न पशुपति खेरवारलाई अधिकार प्राप्त अधिकारी समक्ष प्रस्तुत गर्दा उक्त घटनामा आफूले गरेको स्वीकार गरेको प्रहरीको दाबि छ । चालक खेरवारलाई जिल्ला अदालत सुनसरीमा प्रस्तुत गरी पाँच दिनको म्याद थप अनुमति लिई सो घटनाको थप अनुसन्धान कार्य भईरहेको जनाएको छ । प्रहरीले मृतकको फोटो र हुलिया सार्वजनिक गरेको छ ।

मृतकको हलिया विवरण:-

कालो पेन्ट, कालो सेतो बुट्टे ज्याकेट जिन्स सर्ट, रातो भेष्ट लगाएको, अं. ५ फिट ६ ईन्च उचाई भएको, हल्का सेतो दारी भएको अ. ५०/५५ बर्षको जस्तो देखिने पुरुष व्यक्ति ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित