शिङ्सालुङ (संखुवासभा ) । चीनसंग जोडिएको भोटखोला गाउँपालिका किमाथांका बिराटनगर सडक निर्माण अन्तर्गत बरुण ( छुक्च्युव) च्याम्ताङ (दम्दाङ) सडक खण्ड स्तरोन्नति गर्न २ अर्व वजेट विनियोजन भएको छ ।
भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामा चालु आर्थिक वर्षमा उक्त सडक खण्डको लागि बजेट उपलब्धसंगै पौष २ गतेदेखि काम समेत शुरु हुने जानकारी दिएको छ । अर्थ मन्त्रालयबाट सो बजेट उपलब्ध भएको प्रष्ट पारेको छ ।
विनियोजित बजेटको काम शुरू गर्न पौष २ गते सोमबारदेखि बरुणबाट च्याम्ताङसम्म उतर दक्षिण सडक आयोजनाको प्राबिधिकहरु सर्भे, स्टिमेट गर्न प्राविधिक आउने बताए । जसका लागि अध्यक्ष वाङले सम्बन्धित वडाका वडा अध्यक्षलाई अनिवार्य उपस्थितिको लागि निर्देशन समेत दिएको छ ।
छुक्च्युव दम्दाङ सडक खण्डमा उक्त बजेटबाट रोड १० मिटरको चौडाई ग्राभेलिङ, कल्भर्ड, वाल र ड्रेनको स्टिमेट गर्ने बताए । यस कामलाई थप सहज बनाउनका लागि हुनेछ,जग्गा धनिहरुले सहज हुने गरि नापजाच गर्न प्राबिधिकहरुलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।
Discussion about this post